arrow

नेपाल र पीएनजीबीचको क्रिकेटको प्रत्यक्ष प्रसारण डिस मिडियामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
dishhome-can-cricket.jpg

काठमाडौँ। नेपाल र पपुवा न्यूगिनीबीचको एक दिवसीय क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण डिस होमले गर्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पीएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा हस्ताक्षर भएको हो।

डिस मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो। उक्त सिरिजका दुई खेल यही भदौ २२ र २५ गते हुने छन्।

सिरिजको एक खेल डे म्याच तथा दोस्रो खेल नाइट म्याच हुनेछ। नेपालले पहिलो पटक नाइट ओडीआई म्याच खेल्ने छ।

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरू डिस होमले एक्सन स्पोर्टस् एचडी वान र डिस होम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ