arrow

भेरी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
bheri-hospital.jpg

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । 

त्रिवेणी गाउँपालिका-६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका-६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार त्रिवेणी-६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा-६ दाङ निवासी ९५ वर्षीया महिलाको बिहिवार बिहान मृत्यु भएको हो । 

योसँगै बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकको कोरोनाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ । बाँकेका अस्पतालमा १६४ संक्रमित बिरामीको उपचार भइरहेको छ । 

तीमध्ये सिकिस्त बिरामी १८, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ