arrow

यसकारण पनि प्रधानमन्त्रीबाट हट्न चाहन्थे ओली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ साउन ३ सोमबार
ananda-tripathi.jpg.jpeg
काठमाडौं। लमजुङ जिल्लामा जन्मिएर २०४६ सालदेखि सीधा राजनीतिमा आफ्नो जीवन समर्पित गरेका नेपाल विद्यार्थी संघका एक सशक्त र क्रियाशील विद्यार्थी नेता हुन् आनन्दराज त्रिपाठी। पारिवारीक पृष्ठभूमिका कारणले पनि राजनीति तर्फ बढी मन गएको उनले हजुरबुबाको प्रेरणाबाट सानैदेखि काँग्रेसप्रति झुकाव भएको बताउँछन्। नेपाली काँग्रेसका संस्थापक र अग्रज विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर लगायतसँग सम्पर्कमा रहेर काम गर्नु भएकोले पनि आफूलाई नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गर्न हजुरबुबाबाट बढी प्रेरणा मिलेको उनले बताए। उमेर र अनुभवले राजनीतिमा खारिएका त्रिपाठी आफूलाई जिम्मेवार नेताको रूपमा माउ पार्टी नेपाली काँग्रेसका नेताहरु र देशभरका विद्यार्थीहरूको विश्वास बटुल्दै अघि बढेकोले आफू यस पटक अध्यक्षको पदमा उम्मेदवारी दिन लागेको बताउँछन्। समग्र विद्यार्थी आन्दोलनलाई सुरक्षित अवतरण गर्दै नेपाल विद्यार्थी संघ, नेपाली काँग्रेस र समग्र नेपाली विद्यार्थीहरूको हकहितको लागि आफ्नो रणनीतिक एजेण्डा बोकेर अघि बढेकोले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आएका त्रिपाठीसँग हाम्राकुरा डटकमका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश:
 
नेविसंघको महाधिवेशन तोकिएको मिति पनि आउन अब धेरै दिन बाँकी छैन्। विवादित जिल्लाहरूको कुरा अझै मिलेको छैन्। नेविसंघको महाधिवेशन तोकिएको मितिमा त हुन्छ? 
 
हो अहिले हुने भन्दा पनि नहुने कुरा नेपाल विद्यार्थी संघ भित्र भईरहेको छ। अहिले महाधिवेशनको मुखमा हामीले विद्यार्थीको मत बटुल्दै हिँड्ने बेलामा एक अर्काको कुरालाई लिएर विरोध र असन्तुष्टि जनाउँदैमा हामी व्यस्त छौं। अनि हामी कहिले प्रगति गर्ने। यो आठौं पटक भईसकेको छ नेविसंघको महाधिवेशनको समय तोकेको पनि। तर यसमा आफ्नो साना तिना माग राखेर महाधिवेशनलाई पनि विद्यार्थीको मतबाट नभएर नेताहरूको रोजाईमा टीका लगाउने प्रणालीको विस्तार गर्ने कोशिस भईरहेको छ कि भन्ने शंका व्याप्त छ। तर, मलाई त के लाग्छ भने यो पटकको महाधिवेशन तोकिएको मिति भन्दा पछि सर्ने सम्भावना छैन्। यस अघिको भन्दा यो पटक पनि जिम्मेवारी हस्तान्तरण गर्न अध्यक्ष रञ्जित कर्णले धेरै सक्रियता देखाईरहनु भएको छ। यस भन्दा अगाडि पार्टी नेतृत्वकै कारणले गर्दा यो सफल नभएको भएपनि यो पटक पार्टी सभापति शेर बहादुर देउवाले पनि यो महाधिवेशन जसरी पनि गर्न निर्देशन दिइसकेको अवस्थामा यो महाधिवेशन तोकिएको मिति भन्दा पछि सर्दैन भन्नेमा म ढुक्क छु। यदि अब पनि सर्‍यो भने यो ठुलो विडम्बना हुनेछ।  
 
बिद्यार्थीहरुले त महाधिवेशनको विवाद कायम रहनुमा अध्यक्षलाई नै आरोप लगाई रहेका छन् नि?
 
यो विरोधी मानसिकता बोकेका मानिसहरूले लगाएको आरोप मात्रै हो। यसमा कुनै विश्वास गर्ने आधार छैन्। कतिपयलाई लागेको होला कि उहाँले नेतृत्व लिएपछि केही गरेनन् र आफूले पद छाड्न पनि मानेन भन्ने। यस्तो प्रवृत्तिले त कसरी चल्छ? यो महाधिवेशन भनेको त अध्यक्ष कर्णको पनि हाइट बढाउने विषय हो नि। अध्यक्ष बनेर यतिका वर्षसम्म काम गरिसकेपछि उहाँले जतिसक्दो चाँडो जिम्मेवारी अर्कोलाई सुम्पिन खोजिरहनु भएको जस्तो लाग्छ। त्यसैले यो आरोप मात्रै हो। यसमा कुनै पनि सत्यता छैन्। अहिले पनि ऋषिजी, रञ्जीतजी लगायतलाई यसको विषयमा जिम्मा दिईएको छ। यसले गर्दा पनि अहिले जसरी पनि निर्वाचन हुनेमा म त ढुक्क छु। 
 
तपाई कसरी ढुक्क बन्नुहुन्छ महाधिबेशन हुन्छ भनेर? 
 
हेर्नुस् विरोध त नेविसंघमा जे गरेपनि विरोध हुन्छ। ५७ सालमा विश्वप्रकास शर्माले जित्नुभएको बेलामा म आफैं महाधिवेशन प्रतिनिधि बनेर गएको बेलामा ७/७ दिन लगाएर भोटर लिष्ट सार्वजनिक गरेको इतिहास छ। त्यसैले नेविसंघ भित्रको विरोध त सदावहार प्रक्रिया हो। जुनसुकै महाधिवेशनमा पनि हेर्नुस विरोध नभएको कही कतै देख्नुहुन्छ? 
 
अब महाधिवेशन भएको खण्डमा तपाईँको उम्मेदवारी चाहिँ के मा ?
 
म धेरै संघर्ष र धेरै अनुभवहरू बटुल्दै आएको मान्छे। मैले संगठनमा पनि धेरै अध्यक्षहरूसँग बसेर काम गरिसकेँ। म आफैंमा काममा इमान्दारिता देखाउने, संगठनप्रति इमान्दार र वफादार रहेकोले नै पार्टीका अग्रजहरूले पनि मलाई ‘तँ अलि जिम्मेवार र पाको पनि छस् तैंले अध्यक्षमा उम्मेदवारी दिनु पर्छ भनेकोले पनि मैले आफूलाई अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु।
 
तपाईँसँगै अन्य १२ जनाले आकांक्षा देखाइरहेका छन्। अन्तिमसम्म फिर्ता नलिने हो कि पछि फिर्ता लिनेगरी उम्मेदवारी घोषणा गर्नुभएको हो?
 
होइन, म अन्तिमसम्म उम्मेदवारमा टिकी नै रहन्छु। मलाई सबै धेरै विद्यार्थीले मन पराईरहेका छन् त मैले किन फिर्ता लिने? हो १२ जना साथीहरूले अहिलेसम्म उम्मेदवारी दिने तयारी गरिरहनुभएको छ। म त के भन्छु भने १२ जना नै उठौं यो पटकलाई। धेरै लामो समयसम्म अधिवेशन हुन नसकेकोले अहिले धेरैमा अध्यक्षको आकांक्षा आउनु स्वाभाविक पनि हो। तर हामी सबैले विद्यार्थीकै मतबाट निर्वाचित हुने हो। हामी लडौं न सबैं किन यो र उ भनिरहनु पर्यो। तर यो टिके प्रवृत्तिको भने हामीले लडेर विरोध गर्नुपर्छ। किनभने म त कहिलै पनि टीका लगाएर नेतृत्व नलिएको मान्छे परेँ। त्यसैले म यस्तो प्रवृत्तिको खुलेर विरोध गर्छु। तर निर्वाचनमा त सबै उठ्न पाउनुपर्छ नी। अबको नेतृत्व टीका लगाएर आयो भने यसले पनि केही गर्न सक्दैन्। किनभने अरूले टीका लगाएर आयो भने उसले त टीका लगाईदिनेले भनेको मात्रै मान्ने त हो। पार्टीले अहिले देखिएका आंकाक्षीहरुलाई स्वतन्त्र छोड्नुपर्छ र सबैलाई चुनावमा जान दिनुपर्छ यसले उनिहरुको हैसियत पनि देखिन्छ। बिद्यार्थीमा जो पपुलर छ उही आउँछ। 
 
यो महाधिवेशनमा तपाईका एजेण्डाहरू चाहिँ के छन्? 
 
सबैभन्दा पहिले मैले सांगठनिक सुधारका एजेण्डाहरूलाई सबैभन्दा बढी प्राथमिकताका साथ अगाडि बढाएको छु। अहिलेको हेर्नुहोस् त यो नेविसंघ अन्य संगठनभन्दा कमजोर बन्न थालिसक्यो। यसलाई सुधारेर सशक्त र गतिशील संगठन बनाउने काम के अनेरास्ववियूको मान्छेले आएर गरिदिन्छ। यतिका मानिसहरू छन् आफ्नो एजेण्डाको कुरा गर्दै हिँड्ने। अब पनि हामी नेविसंघलाई परम्परागत ढङ्गबाट चलाउन लाग्यौं भने हेर्नुहोस् नेविसंघको भोलिको भविश्य डामाडोल हुँदैछ। त्यसैले सबैभन्दा पहिले मैले नेविसंघको सांगठनिक सुधारको कामलाई सबैभन्दा प्राथमिकताका साथ सम्पन्न गर्ने एजेण्डा बोकेको छु। त्यस्तैगरी अर्को कुरा मैले नेविसंघमा आस्था राख्ने तथा सम्पूर्ण विद्यार्थीहरूलाई नेविसंघ के हो भनेर चिनाउन चाहन्छु। किनभने नेविसंघको यो भन्दा अघिका गतिविधिबाट आम मानिसमा परेको सकारात्मक छाप हाम्रै कारणले मेटाउँदै गईरहेका छौं। त्यसैले विभिन्न ११ बुँदे शैक्षिक एवं संगठन सुधारका एजेण्डाहरू बोकेर म यो महाधिवेशनमा अध्यक्षको पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ