arrow

विधान महाधिवेशनको तयारी, हेर्न पुगे ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन आयोजना गरिने सनराइज हलको निरीक्षण गरेका छन् । असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन गोदावरी पुगेका हुन् । 

अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलगायत गोदावरी पुगेका थिए । 

सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिएका थिए। प्रदेश कमिटीले सम्पर्क मञ्चसँगको समन्वयमा प्रतिनिधिको व्यवस्थापन गर्ने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ