arrow

भेरी अस्पतालको मेसुमा डा. चन्द नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
birtedndra-chand.JPG

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा.वीरेन्द्र बहादुर चन्द नियुक्त भएका छन् । चन्दले बिहीबार मेसुको नियुक्ति बुझेका हुन् ।

यसअघि पनि चन्द भेरी अस्पतालको मेसु भएका थिए । डा.पीताम्बर सुवेदीलाई पछि पार्दै डा.चन्द मेसुको नियुक्ति लिन सफल भएका हुन् । स्वास्थ्यकर्मी सङ्घ बाँकेले डा.पीताम्बरको पक्षमा लबिङ गरे पनि चन्दले नियुक्ति लिन सफल भएका छन् । 

अस्पतालको मेसुका लागि डा. सुवेदी, डा.वीरेन्द्र चन्द र डा.उर्मिला पराजुलीलाई सम्भावित मेसुको रूपमा हेरिएको थियो। तर, डा.उर्मिलाले आफू मेसु नबन्ने बताउँदै पछि हटेकी थिइन। पछि डा.वीरेन्द्रले डा.सुबेदीलाई पछि पार्दै भेरी अस्पतालको मेसु भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ