- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । नेकपा (एकिकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रिले एमालेको विधान भेला पूर्वपञ्च भेला जस्तै भएको प्रतिक्रिया दिएकी छिन् ।
इलामको माईजोगमाई स्थित नयाँबजारमा पार्टी कार्यालय उद्घाटनलाई सम्बोधन गर्दै झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध गरिन् ।
उनले ओलीको तानशाही चरित्र छिट्टै ढल्ने बताउँदै उनले जनताको बिचार र कम्युनिष्ट कार्यदिशा छाडेर हिंड्दा विश्वका अन्य तानाशाहहरु ढले झै ओली पनि बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताइन ।
विश्वका डरलाग्दा तानाशाहा मुसोलिनीको शासन र अग्ला शालिकहरु समेत ढलेकाले ओलीको तामझाम दुई चार दिन मात्रै रहने भन्दै झाँक्रीले एमालेको विधान भेलालाई पुर्वपञ्च भेला जस्तै भएको प्रतिक्रिया दिएकी हुन् ।
‘बादशाह र तानाशाहले राज्यशक्तिको दोहन गरेर आर्जित गरेको पैसाले ठुला कदहरु निर्माण गर्ने भएकाले ओलीले पनि राज्यशक्तिको दोहन गरि आफ्ना भजनमण्डलीहरुबाट आफ्नो अग्ला फोटाहरु सहरका भित्तामा राख्ने गरेका छन्,’ उनले भनिन्–‘जब विचार राजनीति मुल्य, संस्कार र जनताको जनचाहना विपरित तानाशाहा हिड्छन्, उनीहरु इतिहासबाट हराएका गएका छन् ।’
एउटा सहरबाट अर्को सहर पुग्दा हजारौं मोटरसाइकल र्याली गर्नुपर्ने, स्तुती गान गाउनुपर्ने, अबिरजात्रा गर्नुपर्ने ओलीको तमासा राज्यशक्तिको दोहन गरेर जम्मा भएको पैसा हुन्जेल मात्र हुने उनको भनाइ थियो ।
काठमाडौंको गोदावरीमा भएको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला भएको उनको भनाइ छ । उनले भनिन्–‘एमाले दक्षिणपन्थीको बाटोमा मात्रै होइन उवघटनको बाटोमा छ, टोलटोलमा केन्द्रीय सदस्यको पद बाँडिदैछ ।’
संविधान मास्नका लागि संसद विघटन गरेको ओली एण्ड कम्पनीलाई सत्तामा बसरे लुटिएको पैसाबाट पानीका बोतलमा फोटो टासिएको भन्दै नेतृ झाँक्रीले भनिन, ‘जुत्ता, मोजा, लुगामा पनि ओलीको फोटो टाँसेर हिड्ने भजनमण्डली धेरै दिन टिक्नेछैन ।’
कार्यक्रमा नेकपा एकिकृत समाजवादीको नेतृ तथा प्रदेश सासंद खिनु लङ्वा लिम्बु, माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई, समाजवादीका इलाम अध्यक्ष भक्त केसीलगायतले मन्तब्य राखेका थिए ।