arrow

भीष्म पितामह चाहन्थे श्रीकृष्णको हातबाट मृत्यु

logo
महाभारत,
प्रकाशित २०७८ असोज १७ आइतबार
bhishma.jpg

काठमाडौँ । अर्जुनका लागि भगवान् श्रीकृष्णले आफ्नो प्रतिज्ञालाई पनि तोड्नुभयो।  जब भगवान् श्रीकृष्ण बाणको शय्यामा सुतेका भीष्म पितामह भएको ठाउँमा जानुभयो तब भीष्म पितामहले प्रार्थना गर्न थाले, 'हे भगवान् ! तपाईँले यी सारा लीला रचेर आफ्ना भक्तलाई बचाउनुभयो । दुष्टहरूको नाश गर्नुभयो र हामीलाई निमित्त बनाएर यस पुरै युद्धको रचना गर्नुभयो । हे भगवान् अब ममाथि कृपा गर्नुहोस् । तपाई कति दयालु हुनुहुन्छ कि युधिष्ठिरहरूको साथमा आएर, अनायासै मैले नबोलाई मलाई दर्शन दिन आउनुभयो। कृपा गर्नको लागि मेरो सामु उपस्थित हुनुभयो । हे प्रभु मेरो कोटी कोटी प्रणाम छ।'

हे भगवान् ! युद्धको सुरुवात भन्दा पहिले तपाईँले जब शङ्ख बजाएर यो प्रतिज्ञा गर्नुभएको थियो कि युद्धमा म अस्त्र शस्त्र धारण गर्नेछैन तब मैले आफ्नो मनमा सोचे कि वाह प्रभु ! यो युद्ध तपाई कै रचना हो र तपाई युद्ध नगर्ने, यो कसरी हुन सक्छ, म तपाईँको यस प्रतिज्ञालाई अवश्य तोड्नेछु । भगवान् ! त्यहाँ तपाई अर्जुनको रथलाई हाकी रहनुभयो, त्यसको रेखदेख गरिरहनुभयो र यता म आफ्नो तरकसबाट बाणहरू निकालेर एक एक गरि प्रहार गरि रहे । मैले यती प्रहार गरेकी तपाई पनि घायल हुनुभयो, अर्जुनको रथको पताका पनि तोडियो, उसको रथको पाङ्ग्रा तोडियो र जब अन्तिम बाणबाट म अर्जुनलाई समाप्त गर्न गइरहेको थिए सो समय तपाईँले टुटेको रथको पाङ्ग्रालाई सुदर्शन चक्र जसरी औलामा धारण गरेर मेरो वध गर्नको लागि मलाई ललकार्नुभयो ।        

हे प्रभु! वाणबाट मैले जहाँ जहाँ तपाईँको शरीरमा छेदन गरे त्यहाँ त्यहाँ रगत निस्किएको थियो र त्यो रगत ती घाउमा यस प्रकार उम्लिएको थियो कि जस्तै रातो रुवी रत्न सुशोभित भइरहेको होस् । तपाईँको निधारमा जुन पसिनाको थोपा आइरहेको थियो त्यसले तपाईँको दिव्य रूप देखिरहेको थियो कि मानौँ कुनै व्यक्तिले तपाईँको अनुहारमा मोती लगाइदिएको होस । त्यस पश्चात् जब टुटेको रथको पाङ्ग्रा लिएर जब तपाई म भएतिर आउनुभयो मैले तपाईँलाई स्वागत गरे र भने भगवान् तपाईँको प्रतिज्ञा त मैले भङ्ग गराए, अब मेरो वध गरिदिनुहोस् ।

तपाईँको हातबाट मेरो मृत्यु होस, यस्तो महान् मृत्यु मलाई कहिले र कसरी प्राप्त हुन्छ यही मेरो इच्छा थियो । सो समय अर्जुन तपाईँको चरण समातिरहेको थियो र भनिरहेको थियो कि भगवान् तपाई आफ्नो प्रतिज्ञालाई याद गर्नुहोस् । तर तपाई आफ्नो खुट्टालाई छोडाएर मतर्फ ललकार्दै दौडिनुभयो । तब सबै धर्ती काँप्न थाल्यो जब तपाईँले आफ्नो पीताम्बर धर्तीमा फ्याँक्नुभयो ।

सो समय धर्ती यस कारण काँपिरहेको थियो कि त्यहाँ कुनै भूकम्प आएको थिएन तर धर्ती यस चिन्ताबाट कापी रहेकी थिइन् कि आज भगवान्ले आफ्नो प्रतिज्ञा तोड्नुभयो । धर्ती सोच्न थालिन कि भगवान् यस कुराको लागि कटिबद्ध हुनुहुन्छ कि जब जब धर्तीमा पाप बढ्नेछ तब तब सो पापको हरण गर्न भगवान् आउनुहुनेछ । अब जब भगवान्ले आज आफ्नो प्रतिज्ञा भङ्ग गरेपछि कतै उहाँले मलाई दिएको प्रतिज्ञाको बिर्सनु भयो की भन्ने सोचेर पृथ्वी काँप्न थालिन् ।

भीष्म पितामह भन्छन् - भगवान् सो समय पृथ्वीलाई सहारा दिनको लागि तपाईँले आफ्नो पीताम्बरलाई छोडिनुभयो त्यसले धर्तीलाई ढाकिदिनुभयो र भन्नुभयो कि चिन्ता नगर धर्ती यो त मात्र आफ्नो भक्तको लागि हो जो आत्माबाट मेरो अंश भएको छ, त्यस अंशको रक्षा गर्नको लागि मैले आफ्नो प्रतिज्ञा तोडेको हुँ ।
 



नयाँ