arrow

नोबेलमा तीन अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीलाई दिइयो प्रशिक्षक बनाउने तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
cit-traning.JPG

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वका तीन वटा अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीहरूलाई प्रशिक्षक बनाउने तालिम दिइएको छ । 

नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्यसँग सम्बन्धित सीपमा आधारित तालिम प्रदान गर्ने प्रशिक्षक उत्पादनका लागि पाँच दिने तालिम सञ्चालन गरेको हो ।

नोबेल अस्पतालको हलमा गत बुधवारदेखि सुरु भएको सीटीएस तालिम आइतबार सम्पन्न भएको नोबेल अस्पतालका क्लिनिकल नर्सिङ डाइरेक्टर प्रतीक्षा त्रिपाठीले जानकारी दिइन् ।

 उनका अनुसार तालिममा नोबेल अस्पतालसहित, विराटनगरको कोसी अस्पताल र झापाको आम्दा अस्पतालका ११ जना स्वास्थ्यकर्मीहरू सहभागी थिए । उनीहरूलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रशिक्षक डा.ईश्वर प्रसाद उपाध्याय, माधव भुसाल, टिका रावत र रानु राउतले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागीहरूलाई दक्ष प्रसूतिकर्मी र ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धी तालिमका लागि प्रशिक्षक बनाउन प्रशिक्षण दिइएको तालिम केन्द्रका जनस्वास्थ्य निरीक्षक विनोद खनालले जानकारी दिए । 

यो तालिममा सहभागी भएकाहरू यसअघि दक्ष प्रसूतिकर्मी तालिममा सहभागी भएका थिए । अब, अन्य दुई वटा तालिममा सह–प्रशिक्षकको भूमिका निर्वाह गरेपछि उनीहरू प्रशिक्षक बन्ने तालिम केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ