arrow

मोतीपुर घटनाबारे गृह मन्त्रालय भन्छ –सार्वजनिक जग्गा अतिक्रमण गर्ने छुट कसैलाई छैन 

logo
नारायण वली, 
प्रकाशित २०७८ असोज २६ मंगलबार
motipur-jhadap.jpg

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेको विषयमा रानीगंजमा आइतबार झडपमा चार नागरिकको ज्यान गयो । केही अन्य नागरिक घाइते छन् । सुरक्षातर्फ करिब तीन दर्जन घाइते भएका छन् ।  

सो सम्बन्धमा गृह मन्त्रालयलले सोमबार एक विज्ञप्ति जारी गर्दै, सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने छुट कसैलाई नभएको भन्दै कसैले कानून  विपरीत कार्य गर्छ भने कारबाहीको भागेदार हुने बताएको छ ।

प्रहरीको गोली लागेर आइतबार ४ जनाको मृत्यु भएपछि भोलिपल्ट विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले धारणा सार्वजनिक गरेको हो । गृह मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङद्धारा जारी गरेको विज्ञप्तिमा निर्धारित कानूनी विधि र प्रक्रिया भन्दा बाहिर गएर सार्वजनिक अथवा सरकारी जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई छुट नभएको जनाउँदै कानून अनुसार कारबाही गरिने व्यहोरा स्पष्ट खुलाएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार अतिक्रमण गरी आफूलाई सुकुम्बासी ठान्दै बसेका नागरिकहरुमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने ४ जनाको उपचार भइरहेको छ । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ । 

विज्ञप्तिमा गृह मन्त्रालयले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरेको छ ।

प्रदेश सरकारको प्रतिवद्धता
लुम्बिनी प्रदेश सरकारले पनि यो विषयलाई गम्भीर रुपले लिएको बताएको छ । उसले मृतकका परिवारलाई तत्काल एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

त्यस्तै सुकुम्वासीको समस्या समाधानका लागि कार्यदल गठन गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ