arrow

बडादशैंको टीका लगाउने क्रम जारी, सरकारी कार्यालय खुले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
jamara.jpg

काठमाडौं । बडादशैंको टीका लगाउने क्रम जारी रहेको छ । विजयादशमीदेखि पूर्णिमासम्म टीका लगाउने चलनअनुसार आइतबार द्धादशीका दिन पनि टीका लगाउने क्रम जारी रहेको हो । 

दशमीका दिन टीका लगाउन नपाएकाहरु आफन्तजन तथा मान्यजनबाट टीका लगाउने क्रम जारी रहेको हो । पश्चिमका केही जिल्लामा भने एक दिन मात्र टीका लगाउने चलन छ । परिवर्तित समयसँगै आजकल धेरैजसो स्थानमा पूर्णिमासम्मै टीका लगाउने क्रम बढ्दो छ । 

खुले सरकारी कार्यालय
बडादशैंको पूर्णिमासम्म टीका लगाउने क्रम जारी रहे पनि सरकारी कार्यालयहरु भने आइतबारदेखि खुलेका छन् । फूलपाती अर्थात् सप्तमीदेखि बन्द भएका कार्यालयहरु एकादशीसम्म पाँच दिनपछि द्धादशीबाट खुलेका हुन् । 

योसँगै कार्यालयहरु नियमित रुपमा संचालन हुनेछन् । तर पहिले पहिलेको रोग जस्तै यसपालि पनि सबै कर्मचारीहरु उपस्थित नहुने र सेवाग्राही पनि सेवा लिन नजाने हुने निश्चित छ । कार्यालय खुले पनि नियमित काम कारबाही हुन भने केही दिन लाग्ने नै छ । 

काममा फर्किन थालेसँगै शहर फेरि पुरानै शैलीमा भरिँदो छ । दशमीपछि फेरि काठमाडौं फर्किने बढेका छन् । सुनसान काठमाडौं फेरि चहलपहलयुक्त बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ