म एक आम नागरिक । आमरण अनसनरत शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले उठाएका बिषयवस्तुसँग मेरो दैनिकी प्रत्यक्ष जोडिएको छ । मसँग प्रशस्त धनसम्पत्ति छैन । उपचारको लागि जाने र धाउने ठाउँ भनेको कि वीर अस्पताल, कि महाराजगञ्ज शिक्षण अस्पताल या अन्य कुनै सरकारी अस्पताल नै हो । तर यसरी आपूm उपचार गर्न जाने ठाउँका चिकित्सकको क्षमता, सीप र व्यवहार उदेक लाग्दो छ । म धेरैपटक उनीहरुको सन्की र गैर व्यवसायिक व्यवहारको शिकार भइसकेको छु ।
त्यसो त ती सरकारी अस्पतालको विकल्पमा धेरै निजी क्लिनिक, अस्पताल र शिक्षण अस्पताल खुलिसकेका छन् । ती निजी अस्पतालले धेरै नेपाली नागरिकलाई एकै रातमा छानोमुनीबाट सडक किनारामा ल्याएका घटना प्रशस्तै छन् । उनीहरूले बिरामीको उपचार रोगको निदानतर्पmभन्दा कमाइखाने साधनको रुपमा प्रयोग गर्दछन् ।
निजी क्लिनिक अस्पताल या शिक्षण सस्थामा बिरामी आइसकेपछि डाक्टरहरूले बिरामीलाई हौसला बढाएर उपचारमा सहज बनाउनुको साटो डर देखाएर जटिल रोगका लक्षण देखिएको भन्दै विभिन्न परीक्षणहरू गराउने कुरा कसैबाट छिपेको छैन ।
यसले बिरामीलाई आर्थीक बोझ थप्दै जान्छ ।
यसका अलावा उनीहरुलाई औषधी पसल पनि चलाउनु पर्ने भएकाले सामान्य औषधी दिए पुग्ने ठाउँमा हेभी डोजका एन्टी बायोटिक र धेरै नाफा हुने भिटामिनका बोतलहरु भिडाउन थाल्छन् । मजस्ता निरीह आम नागरिकसँग कुनै विकल्प हँुदैन ।
सबैलार्ई स्वास्थ्य सम्बन्धी ज्ञान हँुदैन । यो संसारभरकै यथार्थ हो । तर उपचारको नाममा हुने ठगी र अव्यवसायिक चिकित्सकको शिकार हुनु हाम्रो यथार्थ र दैनिकी बनेको छ ।
चिकित्सा क्षेत्रमा भएको बेथिति र सुधारको माग राख्दै डाक्टर केसीको आन्दोलनलाई समर्थन र सहयोगमा जयजयकार गर्नुपर्ने शिक्षण अस्पताल महाराजगञ्जले यसपाली उनको अपमान हुनेगरी गरेको निन्दनीय व्यवहारको जति भत्र्सना गरे पनि कमै हुन्छ । निजी क्षेत्रबाट हुने विरोधको हामी सहजै आँकलन गर्न सक्छांै किनभने उनीहरू बेलगाम हिंडिरहेका छन् ।
केसीको आन्दोलनले उनीहरूलाई नागरिकप्रतिको उत्तरदायी बहन गर्न परेको दबाब स्वीकार्य भएन । त्यसैले विरोधका स्वरहरू झन् झन् चर्किन थाल्नु स्वभाविकै हो । डाक्टर केसी सदाचारी, कर्तव्यनिष्ट चिकित्सक र विधार्थीका प्यारा गुरू भएको कसैका अगाडि छिपेको छैन ।
आफूले पाएको सुबिधा र तलबबाट संकलन गरेको रकमले व्यक्तिगत प्रयासमा नेपालका बिकट गाउँ गाउँमा उपचार गर्दै हिंड्ने केसीलाई जति ग्रामीण स्वास्थ्यको जानकारी छ त्यसको अनुमान सायदै अन्य चिकित्सक र योजनाकर्तालाई होला । उनले आम मानिसले सहज स्वास्थ्य सबै गाँउमा पुगोस् भनेर गरेको आन्दोलनको टाउको दुखाई अहिले तिनै निजी मेडिकल सञ्चालक, स्वास्थ्य व्यवसायी र पछिल्लो समयमा संवैधानिक निकाय अख्तियारलाई पनि परेको छ ।
चुनावको समयमा राष्ट्रनिर्माणका फेहरिस्त बोकेर गाउँ गाउँमा पस्ने राजनीतिक दलका नेता र कार्यकर्ता अहिले चुपचाप बसेका छन् । राजनीति फोहरी खेलमा परिणत भइसकेको यथार्थ हो । सरकारको समर्थनमा रातारात भेष्ट छापेर सडकमा कार्यकर्ता ओराल्नुको साटो डा. गोविन्द केसीले उठाएको जनचासोको विषयलाई संवोधन गर्ने हो भने त्यसै पनि आम मानिस सरकारको पक्षमा हुन्छ र विरोध गर्नेलाई पनि ठाउँ हुँदैन ।
राष्ट्रवादी चर्का भाषण गर्ने तर सर्वसाधारणको स्वास्थ्यमा भएको खेलबाडमाथि संझौता गर्दिन प्राण उत्सर्ग गर्छु भनेर सत्याग्रमा बसेका गुरूलाई गुरूपूर्णिमाकै दिन कार्यकर्ता लगाएर विरोधका कार्यक्रम ल्याउन सघाउने सरकारी चरित्रको जति भत्र्सना गरे पनि कम हुन्छ ।
जिफन्टको कार्यक्रममा नेमप्लेट बोकेर हिड्ने कार्यकर्ताले जनचासोको लागि डा. गोविन्द केसीले उठाएको महत्वपूर्ण विषयलाई उठाउन सकेको भए उनीहरू वास्तवमा गरिब र दुःखीका लागि रैछन् भनेर सबैले जयजयकार गर्ने थिए । चुनावको समयमा आफ्नो अभिष्ट पूरा गर्न करोडौं रूपैयाँ खर्चिने ती व्यवसायीप्रति नुनको सोझो गर्नु जनप्रतिनिधिको लागि वाध्यता भएको छ ।
त्यसैले सबै नेपालीको लागि हुने सुधारको काममा भन्दा आफ्नो र केही सीमित व्यक्तिको लाभका लागि उनीहरूका आवाज टड्कारो बन्दै गएका छन् । भर्खरै मात्र पारित भएको शिक्षा ऐनको व्यवस्था र बाफियामा देखिएको चलखेलले यसको पुष्टि गर्दछ । तर को बोल्ने ‘तैं चुप मै चुप ।’ धुकुर धुकुर बाँकी रहेको नेपालीको आवाजलाई मुखरित गर्नेकाम गरेका छन् डा. केसीले ।
२५÷३० जना जनप्रतिनिधिले कुनै व्यवसायमा लगानी गरेर व्यवसाय सञ्चालन गर्नका लागि संसदजस्तो गरिमामय संस्थालाई दुरूपयोग गर्न खोज्नु र आम जनमानसको आवश्यकतालाई बेवास्ता गर्दै निजी स्वार्थको लागि बहस केन्द्रित गर्ने असफल प्रयास भइरहेका छन् । ती राजनीतिक दल र जनप्रतिनिधिलाई उक्त घेराभन्दा बाहिर निस्केर सोच्न वाध्य बनाएको छ डाक्टर केसीको आन्दोलनले ।
आजभन्दा ४ बर्ष अगाडि म आपैm शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको शिकार भइसकेको छु । सरकारी अस्पताल भएकाले नियमित उपचारको लागि त्यहीँ जाने गरेको थिएँ । त्यसै क्रममा जीवनसंगिनीलाई प्रसुति व्यथा लागेपछि बच्चा जन्माउन सहज होस् भनेर शिक्षण अस्पताल नै रोज्यौ ।
सहज प्रसुति भएर आमा र बच्चालाई घर लगेको ७२ घण्टा नबित्दै उनलाई हनहनी ज्वरो आउन थाल्यो । पुनः परीक्षणको लागि उनलाई ३ दिनमा त्यही अस्पताल पु¥याएँ । चिकित्सकले उनलाई दिनको ४ पटक खाने सिफालेक्सिन औषधी र ज्वरो नियन्त्रणको लागि फ्लेक्सोन दिए ।
म पनि डाक्टरलाई भगवान मान्दै बसेको र निको हुन्छ भन्दै गर्दा एक दिन दुई दिन गर्दै १३ दिनसम्म निको भएन । अनि १३ दिनपछि उनको उपचारमा संलग्न चिकित्सकलाई अल्ट्रासाउण्ड गरेर हेर, पाठेघरमा केही समस्य छ की भनी अनुरोध गरें । तर मानेनन् ।
अवाक् भएर मेरो जबर्जस्तीमा अल्ट्रासाउण्ड गरियो । अल्ट्रासाउण्डमा चिकित्सकले प्रसुतिपछि रक्तश्राव रोक्नको लागि पाठेघरको मुखमा ४ वटा गजपिस राखेको रैछ त्यसलाई ननिकाली डिस्चार्ज गरिदियो । उनीहरूले दिएको रिपोर्ट सबै निकालेको लेखेको छ । कसरी यस्तो हुन गयो ? चिकित्सक आफ्नो पेशाप्रति इमानदार र बफादार नहुँदा देखिएको परिणाम हो यो ।
त्यसैको संक्रमणले उनलाई ज्वरो आएको थाहा भयो । त्यसपछि ५ दिनसम्म अस्पतालमै राखेर नसाबाट औषधी दिएपछि बल्ल केही निको भयो । तर मलाई पछिमात्र थाहा भयो उनी निकै जटिल अवस्थामा रहिछिन् । कुनै बेला पनि नसोचेको घटना हुन सक्ने थियो ।
सिफेक्जिम, सिफालेक्सिन मेट्रोनिडाजोल जस्तो हेभी डोज औषधीको साथमा खाना पानी बन्द गरेर सलाइनबाट ग्लुकोज दिएर उपचार गराउनु पर्दा बच्चाले पाउनुपर्ने आमाको दुधसमेत खान पाएन । पछि औषधीको प्रभावले दूध नै आएन । यस्तो जोखिम मोलेर राजधानीको मुटुमा उपचार गराउन परेको तीतो यथार्थ मसंग छ ।
त्यसैले विद्यार्थीले उचित ज्ञान पाउन भनी गरिएको आन्दोलनको सर्टिफिकेट बाँडेको भरमा पैसा कमाउन पाइने मेडिकल कलेजहरूले पाँचतारे होटलमा गोष्टी गरेर डा. केसीलाई माफियासँग जोड्नु नौलो कुरा भएन ।
दोस्रोपटक गत असारमा (आजभन्दा तीनहप्ता अगाडि) मेरै अर्धाङ्गिनीलाई पुनः लिएर शिक्षण अस्पतालको कार्डियाक विभागमा गएँ । त्यो विभाग मनमोहन भवनमा रहेछ । उनलाई मुटु हल्लिने र श्वास फेर्न गाह्रो हुने भएको थियो । आकस्मिक कक्षमा उपचारको लागि गएको थिएँ । उनलाई त्यहाँ पु-याउँदा झण्डै एक घण्टा लागेको थियो ।
तत्कालै जाचँ गरियो भने कारण पत्ता लाग्ने भएकाले मैले आकस्मिक कक्षमा नै उपचार गराउने कोशिस गरें । तर आकस्मिक कक्षमा रहेका चिकित्सकले उपचार गर्नुको साटो भाइटल दिएर गफ गरेर बस्न थाले । मैले बिरामीको बारेमा बताइसकेको थिएँ ।
समयमा उनीहरूले त्यसको उपचार नगरिदिएका कारणले त्यही रोग पत्ता लगाउन मलाई दशांै हजार रूपैयाँ ल्याब र अन्य परीक्षणमा खर्चनु प¥यो । त्यसको लागि भोलिपल्ट गंगालाल अस्पताल गएको थिएँ । गंगालालका चिकित्सकले लक्षण देखिएको समयमा तत्कालै बिरामीको जाँच गर्दा त्यस समस्याको थाहा लाग्ने अन्यथा जटिल हुने बताए ।
चिकित्सकीय मर्ममा लागेर उपचार गर्नुपर्ने ती चिकित्सकले त्यही समयमै मनमोहनका चिकित्सकले विज्ञप्ती निकालेर डा केसीलाई धम्काइरहेका थिए । यी समस्याहरूसँग जानकार डा. केसीलाई शिक्षण अस्पताल प्रशासनले असहयोग गर्नु नौलो कुरा भएन ।
सन् २०१४ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल सरकार परिवार स्वास्थ्य महाशाखा, स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा नेपाल चिकित्सक संघले एउटा अध्ययन गरेको थियो । अध्ययन टोलीको एकजना सदस्य म पनि थिएँ । अध्ययनका क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका टर्सरी लेभलका अस्पताल र मेडिकल कलेजमा अध्ययन गरिएको थियो ।
प्रसुति, नवजात शिशु र बच्चाको उपचारमा केन्द्रित अध्ययनमा विराटनगरको नोबेल, वीरगञ्जको नेशनल, भैरहवाको युनिभर्सल, नेपालगञ्जको कोहलपुर र पोखराको गण्डकी मेडिकल कलेज परेका थिए । सरकारीमा सबै क्षेत्रिय र उपक्षेत्रि अस्पतालहरू राखिएको थियो भने बुटवलको लुम्बिनी अञ्चल अस्पताल पनि थियो ।
यी सबै निजी मेडिकल कलेजहरूमा उपचारको लागि चाहिने जनशक्ति, वार्ड र उपकरणहरू नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको अनुसार थिएनन् । भएका पनि पूर्ण थिएन । यस अवस्थामा विद्यार्थीलाई के कसरी पढाउछन् होला त । सबैले सहजै अनुमान गर्न सकिन्छ ।
पाँचतारे होटलमा गएर गोष्टी गर्ने र भत्ता दिएर हिरोइनदेखि सर्बसाधारणलाई बाटामा उफार्नुभन्दा ती कलेजहरूको पूर्वाधारमा खर्चिने हो भने बिरामीले उपयुक्त उपचार पाउँथ्यो । त्यही भएर यिनीहरूलाई केसीको आन्दोलन टाउको दुखाई भएको हो । केसीलाई गलत देखाउन तल्लो तहमा ओर्लेर अशिष्ट भाषा प्रयोग गर्दछन् ।
अर्को अनौठो कुरा त के छ भने निजी मेडिकल कलेजहरूले बर्षभरमा कति बिरामी परीक्षण गरे, कतिको उपचार भयो, कति घर फर्के र त्यसमध्ये मृत्यु हुने कति जना, गर्भावस्थामा कति महिला उपचारमा आएका थिए, तिनीहरूको अवस्था के थियो भनेर अभिलेख खोजिएको थियो । तर कसैले पनि हामीलाई त्यसको तथ्यांक उपलब्ध गराउन सकेनन् ।
अब सहजै अनुमान गर्न सकिन्छ ती मेडिकल कलेजहरूको अवस्था कस्तो होला र कति बिरामीले परीक्षण गरे होलान् ? ती कलेजहरुले मन्त्रालय र विभागमा सालबसाली तथ्यांक पठाउनु पर्ने ठाउँमा खामबन्दी गरेर पैसा पठाइदिएपछि उनीहरूको समस्या समाधान । यस कुराको पुष्ठिको लागि हामीले मन्त्रालय र विश्व स्वास्थ्य संगठनलाई दिएको करिब ६ सय पृष्ठ लामो अध्ययन प्रतिवेदनमा सबै कुरा छर्लङ्ग छ ।
तथ्यांकको पर्खाइमा हामीले प्रतिवेदन तयार गर्न करिब एक बर्ष लगायौं तर तथ्यांक नपाएपछि विश्व श्वास्थ्य संगठनले दवाव दियो र २०१६ को जनवरीमा उक्त प्रतिवेदन बुझाएका हौं ।
आफ्नो जीवनलाई दाउमा राखेर अरूको लागि लड्ने व्यक्ति पाउन संसारमा दुर्लभ छ । हिजो ०६२÷०६३ मा जनताको आवाज दवाउनमा लागि परेका लोकमानलाई पुरस्कार दिएर संवैधानिक निकायका प्रमुख बनाएपछि जनताको सरोकार र दैनिकीलाई जीवनको लक्ष्य ठान्ने महापुरूषलाई ‘पागल’ भनेर संवोधन गर्ने अख्तियार प्रमुखलाई दूधमा मिसिएका झिंगासरी रहेका राजनीतिक दलले तह लगाउने कुरै भएन ।
त्यसैले हामी नेपाली आम जनता सडकमा आउनुपर्ने बेला भएको छ । सरकारले पहिलेदेखि डा. केसीलाई अपमान गर्र्न जे जस्तो हर्कत गर्नुपर्ने हो गरिरहेकै छ । भोलिका दिनमा पनि यस्ता अभियन्ता देशलाई खाँचो पर्दछ । तसर्थ श्रद्धेय प्रा. डा.केसीको जीवन रक्षाको लागि जनता जाग्ने बेला भएको छ । (लेखक सौर्य दैनिकका आर्थिक संवाददाता हुन्)