arrow

चीनबाट किनेको मलमा घातक ब्याक्टेरिया, श्रीलङ्काले आपूर्तिमा रोक लगायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
ship.jpg

काठमाडौं। श्रीलङ्काले चीनबाट खरिद सम्झौता गरेको जैविक मल आपूर्तिमा रोक लगाएको छ । परीक्षणका क्रममा उक्त मलमा घातक ब्याक्टेरिया भेटिएपछि श्रीलङ्काले आपूर्तिमा रोक लगाएको हो ।

मुद्रा सङ्कटका कारण श्रीलङ्कामा खाद्यान्न अपुग हुने चिन्ता रहेको छ । अर्कोतर्फ विश्वकै पहिलो पूर्ण जैविक मल प्रयोग गर्ने देश बन्नको लागि सरकारले रासायनिक मलमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय बिरुवा संगरोध सेवामा गरिएको परीक्षणले चिनियाँ जैविक मलमा हानिकारक जीवाणु एवं ब्याक्टेरिया भेटिएको राष्ट्रपति गोटवाया राजापाक्षेको कार्यालयले जनाएको छ ।

यससँगै वाणिज्य उच्च अदालतले चिनियाँ किंगदाओ सिविन बायो टेक ग्रुप कम्पनी लिमिटेडलाई ९६ हजार टन मलको कुनै पनि भुक्तानी नगर्न आदेश दिएको छ ।

अधिकारीहरूले गत महिना भएको ४ करोड २० लाख अमेरिकी डलर बराबरको मल खरिद सम्झौतामा रोक लगाएका हुन् । 

श्रीलङ्काको कृषि मन्त्रालयले शनिवार देखी कुनै पनि पानी जहाजको मल अन लोड नगर्न निर्देशन दिएको बताइएको छ । यद्यपि, चीनबाट मल भने ढुवानी भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ