arrow

एमालेको पालिका अधिवेशनमा इच्छुक उम्मेदवारले गर्न सकेनन् उम्मेदवारी घोषणा 

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
UML-11.jpg

कावासोती । नेकपा एमालेको कार्तिक ९ गते मङ्गलवार देशका ७५३ स्थानीय तहमा एकै साथ अधिवेशन हुँदै छ । देशका सबै स्थानीय तहमा एकै साथ अधिवेशन घोषणा गरे पनि पार्टीको अपानी(अन्तर पार्टी निर्देशन )को कारणले इच्छुक उम्मेदवारले उम्मेदवारी घोषणा भने गर्न सकेका छैनन् ।

८ वटा स्थानीय तह रहेको नवलपुरमा पनि पालिका अधिवेशनको सबै तयारी पूरा भएको र सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन हुने नेकपा एमाले नवलपुरका अध्यक्ष रोशन बहादुर गाहाले बताए । 

गाहाले सर्वसम्मत नेतृत्व चयन हुने बताइरहँदा पालिका तहको अधिवेशनमा उम्मेदवार हुन इच्छुक नेता तथा कार्यकर्ताले पार्टीको अन्तर पार्टी सर्कुलरको कारणले उम्मेदवार घोषणा गर्न नसकेको बताउँछन् ।  नाम  उल्लेख नगर्ने सर्तमा पालिका तहको अध्यक्षको उम्मेदवारका आकाङ्क्षीले भने "पार्टीको अपानी लगायत सर्वसम्मत गर्ने दबाबले उम्मेदवारी घोषणा गर्न सकिएको छैन तर उम्मेदवारी घोषणा गरेर मतदाता सम्म पुग्न पाउनु पर्थ्यो ।"

यस विषयमा कुरा गर्दा जिल्ला अध्यक्ष गाहाले अपानी या अन्य कुनै दबाब नभएको र सर्वसम्मत हुने भएकाले उम्मेदवारी घोषणा नभएको दाबी गरे । "म जिल्ला अध्यक्ष हुँ, पार्टीले उम्मेदवारी घोषणा नगर्ने भनेर कुनै सर्कुलर गरेको छैन, इच्छुकले घोषणा गर्न पाउनु हुन्छ तर सर्वसम्मतको प्रयास भने भएको छ," गाहाले बताए  ।

गाहाले सर्वसम्मत हुने बताइरहँदा भने स्थानीय तहको नेतृत्व लिने विषयमा एमालेमा आकाङ्क्षीहरू धेरै नै रहेको भने देखिन्छ । पार्टीको अपानी र सर्वसम्मतको दबाबले उम्मेदवारहरू खुलेर मत माग्न नसक्दा नेतृत्व नेतामुखी आउने र यसले पार्टीलाई हित नगर्ने देवचुलीमा अध्यक्षका आकाङ्क्षी रहेका एक आकाङ्क्षीले नाम उल्लेख नगर्ने सर्तमा बताए । "हामीलाई नाम उल्लेख गरेर सूचना समाचार दिन, उम्मेदवारी घोषणा गर्न गाह्रो भएको छ, तर यसले पार्टीको हितमा काम गर्दैन" उनले भने ।

देशकै ठुलो पार्टी रहेको र आगामी निर्वाचनमा समेत ठुलो पार्टी हुने दाबी गरेको एमालेमा सर्वसम्मत र अपानीको नाममा उम्मेदवारी घोषणा नहुनु र प्रतिस्पर्धा  नहुनु एमालेको लागि हितकर नहुने एमालेकै कार्यकर्ताहरूले बताउने गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ