arrow

कास्कीका महिला उद्यमीलाई मेगा बैङ्कको सहुलियतपूर्ण कर्जामा प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
mega-wean-agreement.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी सङ्घ नेपाल, कास्कीसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी सङ्घ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात् मेगा बैङ्कले सङ्घसँग आबद्ध उद्यमी महिलाहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।

मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरूलाई सहुलियतपूर्ण छिटो छरितो ढङ्गले कर्जा प्रदान गरिने बताइन्। महिला उद्यमीहरूलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताइन्।

सङ्घकी अध्यक्ष रेग्मीले मेगा बैङ्कले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैङ्कसँग सहकार्य गरेको बताइन्। मेगा बैङ्कले कर्जाका साथ साथै महिला उद्यमीहरूलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ