arrow

तिहारपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
jiwanbahadur-shahi-2.jpeg

कर्णाली। कर्णालीमा मन्त्रिपरिषद् विस्तार तिहारपछि हुने भएको छ । एकीकृत समाजवादीसँगको समन्वय गरेर मन्त्रिपरिषद् विस्तार हुने कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । 

उनले भने,“पूर्व मुख्यमन्त्री शाही अहिले काठमाडौँ जानुभएको छ उहाँ काठमाडौँबाट फर्के लगत्तै तिहारपछि नेकपा (एकीकृत समाजवादी)सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।” 

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली काँग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र)बाट चार र नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री बन्ने चर्चा छ ।

उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताए।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ