arrow

प्रतिबन्ध लगाइएको एउटा किताब !

logo
नरेश रेग्मी
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
book-naresh.jpg

हुन त यो किताब(निबन्ध)दिल्ली विश्वविद्यालयको ईतिहास विभागले स्नातकका विद्यार्थीका लागि पाठ्य सामाग्रीको रूपमा प्रकाशित गरेको थियो तर २००८मा राष्ट्रिय स्वयंसेवक संघले यो किताब माथि प्रतिबन्ध लगाउने गरि विरोध गरेपछि यो विषय भारतको उच्च अदालतसम्म पुग्यो। पाठ्य सामाग्री छाप्ने विषय नितान्त शैक्षिक मामिला भन्दै अदालतले दिल्ली विश्वविद्यालयलाई पाठ्य सामाग्रीमा स्वायत्त भएको निर्णय गरेपछि गठित विशेषज्ञको कमिटीले यसलाई अनुसन्धान र शोधयुक्त भन्दै पाठ्यक्रममा समावेश गर्न सिफारिस गर्यो।

पछि एकाएक २०११ मा षड्यन्त्रमुलक तरिकाले यो किताबलाई पाठ्यक्रमबाट हटाइयो र सुरुदेखि प्रकाशन गर्दै आएको अक्सफोर्ड युनिवर्सिटी प्रेसले यो किताब थप प्रकाशन नगर्ने निर्णय गर्यो। यो निबन्धले ‘रामायण’को कथा एउटा मात्र नभएर कमसेकम तीन सय रहेको तर्कसंगत दावी गर्छ। वाल्मिकीले संस्कृतमा लेखेको रामायण र कम्बनले तमिलमा लेखेको रामायणमा कैयौँ कथाहरु भिन्न रहेको प्रमाण पेश गर्छ।

जैन धर्मावलम्बीहरुले मान्ने रामायणका कथाहरुमा पनि बाल्मिकीका कथाहरु भन्दा  भिन्नताहरु छन। विभिन्न नामहरुमा फैलिएको रामायण विभिन्न भाषाहरुमा जस्तै अन्नानी, बाली, कम्बोडियाई, चिनी, जावा, खोटानी, लाओसी, मलेशियायी, सिंहाली, थाई, तिब्बती, बाङ्ला, गुजराती, कन्नड, कश्मिरी, मराठी, उडिया, प्राकृत, संस्कृत, संथाली, तमिक, तेलुगु, नेपाली, अंग्रेजीमा उपलब्ध छ। नेपालसम्म फैलिएको सन्थाल र थारु समुदायले समेत भिन्न प्रकारको रामायण मान्दै आएका छन।

भाषामा मात्र होइन रामायणका कथाहरुमा पनि भिन्नता छ। कुनै कथाहरुले रामलाई नायकको रूपमा प्रस्तुत गर्छ भने कुनैले रावणलाई। कैयौँ कथाहरुले रामलाई सहायक तर लक्षण र रावणलाई निर्णायक रूपमा प्रस्तुत गर्छन। कैयौँ कथाहरु रामायण नभएर सितायण जस्ता छन। हर रामायणमा हनुमान ब्रह्मचारी छैनन्। यो निबन्धले आजको रामायण हजारौँ पल्ट संशोधन गरिएको र रामायणको अत्यन्त पुरानो मूल कथा एउटा सामान्य राम-रावण-सिताको कथा रहेको संकेत गर्छ। कालान्तरमा एउटा सामान्य राजा राम कसरी संशोधन हुँदै जादा भगवान बन्न गएको तर्फ इशारा गर्छ।

यो किताब मार्क्सवादी दृष्टिकोणबाट नै लेखिएको हो भन्न मिल्दैन। लेखक आफ्नो तटस्थमा कायम गर्न लगभग चुकेका छैनन। तर पनि हामी मार्क्सवादीहरुले यो पढ्न जरूरी छ र कालान्तरमा भगवान बनाइएका राम र राक्षस बनाइएका रावणलाई मान्छे बनाएर जमीनमा टेकाउन यो किताबले सहयोग गर्छ। मान्छेलाई कसरी युग विकासको क्रममा देवता र राक्षस बनाइयो र अब फेरि ती देउता र राक्षस कहलिएकाहरुलाई फेरि मान्छे बनाउने भनेर चिन्तन गर्नेहरुले खोजी खोजी पढौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ