arrow

सन्तोषरूपी धन 

logo
ज्ञान,
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
hindu-yoga.jpg

काठमाडौँ । हाम्रा ऋषिहरूले परमात्माको नाम सुमिरण गर्नको लागि जोड दिएका छन् । हुन त आफ्नो जीवनकालमा हाम्रा सन्तहरूले धेरै मार्गहरू पहिल्याए। तुलसीदासजी आफ्नो पत्नीको प्रेममा पागल थिए, सुरदास जसको नाम पहिला विल्वमंगल थियो, चिन्तामणिको पछि पागल बनेका थिए। यी सबै भएर पनि उनीहरूको जीवनमा परिवर्तन कसरी आयो? विचार गर्ने कुरो हो।

उनीहरूले मायाको मार्ग अपनाए, संसारको मार्ग उनीहरूले अपनाए, तर जब मायाको मार्ग, संसारको मार्ग शान्तिविहीन देखे तब उनीहरू परमात्माको भक्तितर्फ झुके अनि भने परमात्मा सत्-चित्-आनन्द स्वरूप छन्।

आज विज्ञानले पनि यो सिद्ध गरेका छ- भौतिक जगत‌्‌को सबै भन्दा सूक्ष्म पदार्थ जसलाई परमाणु भनिन्छ, ती परमाणुहरूले पनि तृप्ति चाहन्छन्, शान्त हुन चाहन्छन्। एउटा अणु अर्को अणुमा मिल्दछ र त्यसले तृप्तता चाहन्छ अर्थात् इलेक्ट्रोनको आदान-प्रदान गर्न चाहन्छ। यो सिद्धान्तद्वारा सृष्टिको पृष्ठभूमिमा धेरै पदार्थहरू हाम्रो अगाडि देखा पर्दछन्, तर ती पदार्थहरूको पछाडि, विज्ञानको यस सिद्धान्तको पछाडि के छ? यो भौतिक जगत‌्‌को कण-कण तृप्त हुन चाहन्छ, यसै कारण तिनीहरू एका-अर्कामा मिल्दछन् एउटा पदार्थ अर्को पदार्थसँग मिसिन्छ। यस प्रक्रियाद्वारा आपसमा इलेक्ट्रोन र प्रोटोनको आदान-प्रदान गर्दछन् यही तत्त्वहरूद्वारा बनेको छ, यस कारण मानिसले पनि तृप्ति चाहन्छ, सन्तोषरूपी धन प्राप्त गर्न चाहन्छ।

संसारको प्रत्येक मानिसले सुख चाहन्छ, दुःख कसैले चाहँदैन। मानिसले तपस्या पनि कामनावश  मृत्युपछि मलाई सदाको निम्ति स्वर्गको सुख मिलोस् , यही कामना लिएर तपस्या गर्दछ । मानिसको मनमा सुखको कामना धेरै लुकेको हुन्छ । भन्नुको मतलब मानव जीवनको नैसर्गिक उद्देश्य, परम लक्ष्य सुख-शान्ति प्राप्त गर्नु हो।

संसारमा ठुला-ठूला देशहरू छन्। प्रत्येक देशले फौज राखेको छ, प्रहरी राखेको छ अर्थात् आफ्नो सुरक्षाको निम्ति धेरै प्रकारको प्रबन्ध गरेको छ। तर संसारका देशहरूले चाहे जति नै अणुबम, हतियार, लडाइँका जहाज किन नबनाउन् आखिर उनीहरूको उद्देश्य शान्ति स्थापना गर्नु हो, किनभने मानव जीवनको उद्देश्य शान्ति प्राप्त गर्नु हो।

 जसरी हामी चाहन्छौँ कि हाम्रो परिवारमा शान्ति होस्, हाम्रो जीवनमा शान्ति होस्। साथै संसारका ठुला-ठूला राष्ट्र-नेताहरूले पनि चाहन्छन् कि दुनियाँमा शान्ति होस्। शान्तिको निम्ति ठुला-ठूला राष्ट्र नेताहरू विचार-विमर्श गर्दछन्। संयुक्त राष्ट्र सङ्घको स्थापना यही उद्देश्य लिएर भएको छ। तर विचार गर्ने कुरो छ कि जब मानव जीवनको उद्देश्य शान्ति प्राप्त गर्ने हो भने,जबसम्म हामीले पहिला आफ्नो जीवनमा शान्ति प्राप्त गर्दैनौँ तबसम्म हाम्रो परिवारमा शान्ति हुन सक्दैन। जबसम्म परिवारमा शान्ति हुँदैन तबसम्म समाजमा शान्ति हुन सक्दैन अति जबसम्म समाजमा शान्ति हुँदैन तबसम्म देशमा शान्ति हुन सक्दैन।

 यस कारण यदि देश, समाज र परिवारमा शान्ति चाहनु हुन्छ भने सर्वप्रथम तपाईँको आफ्नो हृदयमा शान्ति हुनुपर्छ। त्यो सुख पहिला तपाईँको हृदयमा हुनुपर्छ। यस कारण हाम्रा सन्तहरूले भनेका छन् कि जुन हाम्रो सुखको दाता, शान्तिको दाता, आनन्दको दाता छ, त्यो परमपिता परमात्माको नाम हो। परमपिता परमात्माको सत्यनामलाई जानेर ध्यान-सुमिरण गर्नाले मानिसको जीवनमा शान्ति स्थापना हुन्छ।

महर्षि पातञ्जलिले बताएका छन्- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान अनि समाधि, यसलाई अष्टाङ्ग योग भनिन्छ। ध्यान योगको सातौँ अङ्ग हो। भगवान्ले पनि ध्यान गर्नु भन्नुभएको छ। जब त्यो नामलाई जान्नु हुनेछ जसको बारेमा भगवान्ले भन्नुभएको छ, तब त्यसमा तपाईँहरूको मन अडिने छ। त्यसको अतिरिक्त मन कहीँ अडिँदैन।

नामको विषयमा सम्झाउँदै भगवान् शङ्कर भन्नुहुन्छ हे पार्वती ! त्यो नाम सबैमा रमने वाला छ, त्यो नाम राममा पनि रमने वाला छ र सबैको मनमा पनि रमण गर्ने वाला छ। त्यस नामलाई एक पटक सुमिरण गर्नाले विष्णु-सहस्र-नामको जाप बराबर फल दिने वाला छ, तिमि पनि त्यस नामको सुमिरण गर । त्यो तिमि भित्र नै तिम्रो स्वाँ-स्वाँसमा रमने वाला हो।



नयाँ