arrow

मेगा बैङ्कले १२ प्रतिशत लाभांश दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
mega-bank-bank-limited-logo.jpg

काठमाडौँ । मेगा बैङ्कले आफ्ना शेयर धनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । 

बैङ्कको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । 

प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ । 

लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको ११ औँ साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिने बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक तुलसीराम पोखरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ