arrow

मेगा बैङ्कले गर्‍यो ४ स्थानमा शाखारहित बैङ्किङ सेवाको विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
mega-bank-bank-limited-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले बैङ्किङ सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैङ्किङ सेवाको विस्तार गरेको छ। प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैङ्कले शाखारहित बैङ्किङ सेवाको विस्तार गरेको हो।

शाखारहित सेवा सञ्चालनका लागि बैङ्कले भोक्राहा नरसिंह गाउँपालिका १, सुनसरीमा प्रवीणकुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर १, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ सातदोबाटो, धादिङमा नारायणप्रसाद सिम्खडालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ।

शाखारहित बैङ्किङ सेवा अन्तरगत बैङ्कले नियुक्ति गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने व्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था रहेको छ । 

बैङ्कले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैङ्किङ पहुँच पुर्‍याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। शाखारहित बैङ्किङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्त्वपूर्ण औजारको रूपमा रही आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ