arrow

नोबेलले कर्मचारीलाई बाँड्यो ७ करोड ५७ लाख बोनस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
novel-hospital.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आफ्ना कर्मचारीहरूलाई बोनस बापत ७ करोड ५७ लाख रकम वितरण गरेको छ । मुनाफा र चाडपर्व बोनस बापत नोबेलले कर्मचारीहरूलाई ठुलो रकम वितरण गरेको हो ।

मुनाफा बापत ६ करोड २४ लाख ९ हजार ६ सय ९० रुपैयाँ र चाडपर्व बोनस बापत १ करोड ३२ लाख ९४ हजार ५ सय ५० गरी कुल ७ करोड ५७ लाख ४ हजार २ सय ४० रुपैयाँ बोनस वितरण गरिएको नोबेलले जनाएको छ । कर्मचारीहरूलाई बेसिक तलबको ३०९ प्रतिशत रकम बोनस बापत वितरण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

नोबेलका १ हजार ४ जना कर्मचारीले तीन महिनाको बेसिक तलब बराबरको रकम बोनस बापत पाएका हुन् । ९ सय ८८ कर्मचारीले मुनाफा बोनस पाएका छन् भने १ हजार ४ जना कर्मचारीले चाडपर्व बोनस पाएका छन् ।

प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन् । कर्मचारीको तलबमा मात्रै मासिक करिब ७ करोड रकम खर्चिँदै आएको नोबेलले हरेक वर्ष कर्मचारीहरूलाई बोनस वितरण गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ