- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्री शिवपुरी बाबासँग एक जना जिज्ञासुले बाबा, माया भनेको के हो त ? भन्ने प्रश्न गरेका थिए । उनलाई श्रीबाबाले माया भनेको परमात्माको शक्ति हो, खेल हो । स्वधर्म पालना गरेर परमात्माको दर्शन गर्न चाहने साधकले मायाको मान्यता पनि गर्नुपर्दछ तर त्यसमा नै लुटपुट गरेर बसेमा परमात्मा दर्शन पाउन सकिन्न भन्ने जवाफ दिनुभएको थियो ।
आदि कवि भानुभक्त आचार्यले नेपाली रामायण रचना गर्दा पनि नारद ऋषिको प्रसङ्गबाट आफ्नो रचना सुरु गरेका थिए । धार्मिक ग्रन्थहरू पढ्दा पनि नारद वीणा बजाउँदै आफूले चाहेको ठाउँमा पुग्न सक्ने क्षमता भएका ऋषि भएको हामी पढ्न पाउँछौँ । आज यस प्रसङ्गमा उनी बारे सानो चर्चा गर्न खोजिएको छ ।
एक दिन नारद वैकुण्ठमा गएका थिए । उनले नारायणसँग वार्तालाप हुँदा हुँदै भगवान्को मायाको दर्शन गर्ने मनसुवा राखेछन् । श्री नारायणले पनि उनको जिज्ञासा पूर्ति गराउन आफ्नो मायाको प्रभाव देखाउने मनसाय लिनु भएछ ।
उहाँले ऋषिलाई आफूलाई तिर्खा लागेकोले पर भएको कुवाबाट एक लोटा पानी ल्याउनु भनेर अर्हाउनु भएछ । भगवान्को आज्ञा शिरोधार्य गरी नारद ऋषि कुवामा जानु भयो । त्यो कुवामा पुग्ने बित्तिकै डिलमा उहाँले एक सुन्दर स्त्री देख्नु भएछ ।
ती स्त्रीलाई देख्नासाथ उहाँ मोहित हुनुभएछ । यसरी मोहित भएका नारदलाई १२ वर्ष बितेको थाहा नै भएनछ । पछि उनलाई केही होस आयो र श्री नारायण कहाँ आएर लजालु स्वभावले माफी माग्नु भएछ ।
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com