arrow

कीर्तिमानी च्याम्पियन मनाङको विजयी शुरुआत, ब्रिगेडले पनि जित्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
a-division-manang-mars.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दीले यसपालिको लिगमा विजयी शुरुआत गरेको छ । आठ पटकको च्याम्पियन मनाङले आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन दिनेश राजवंशीले  खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नर पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । 

खेलमा जावलाखेलले पनि राम्रो प्रदर्शन गरेको थियो । तर दुवै टिमले खेलमा थुप्रै गोलका अवसर खेर फाले । मनाङका गोलकर्ता दिनेश म्यान अफ दी म्याच चुनिए ।

एपीएफ र ब्रिगेडको खेल
आइतबार भएको पहिलो खेलमा जित निकाल्दै ब्रिगेड ब्वाइज क्लबले विजयी शुरुआत गर्यो । विभागीय टिम एपीएफ एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले महत्वपूर्ण ३ अंक बटुलेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे । सुरज गुरुङले एक गोल गरे । 

एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए ।

ब्रिगेडका रोशन राना मगर खेलको म्यान अफ दी म्याच चुनिए ।

सोमबारका खेल
लिग अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) भिड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ