arrow

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
mahesh baral.jpg

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ ।

बरालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो । 

उनी २०७७ असारमा पोखरा महानगरपालिकामा सरुवा भएर आएका थिए । 

उनी पोखरा आउनुअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत थिए ।

बरालले २०७१ मा पनि पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

बरालको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट बलराम रिजाल आउने भएका छन् । रिजाल बागलुङ निवासी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ