arrow

काममा कतार जान भिसा आएका सदाको एमाले महाधिवेशनमा सहभागी हुन चितवन गएका बेलामा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
bhagalu-sadha-322424.jpg

सप्तरी । चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँका नेताहरूसँग उनी  चितवन गएका थिए । भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ।

महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए । ‘दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् । (न्यूज कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ