arrow

नारद गीता 

भाग-१

logo
ज्ञान,
प्रकाशित २०७८ मंसिर २० सोमबार
narada-muni.jpg

महाभारतको शान्ति पर्वमा तीन अध्याय नारद गीता पाइन्छ । यसमा देवर्षि नारदद्वारा श्री शुकदेव जीलाई ज्ञान तथा वैराग्यको उपदेश दिएका छन् । तथा यसै क्रममा सदाचारको प्रेरणा दिँदै धैर्य तथा अनाशक्ति माथि विशेष बल दिइएको छ । तदनन्तर मनुष्यलाई प्राप्त सुखदुख आदिको वर्णन छ । प्रारब्ध अनुसार प्राप्त सुखदुख आदिको वर्णन छ । प्रारब्ध स्वयम् उसैको पूर्वकृत कर्मको परिणाम स्वरूप बन्दछ तथा मनुष्य परवशे भएर त्यसलाई भोग्न विवश हुन्छ । 

भीष्म जी भन्छन् - युधिष्ठिर व्यास जी मृत्यु गएपछि त्यस शून्य आश्रममा स्वअध्याय परायण शुकदेवसँग आफ्नो इच्छित वेदहरूको अर्थ बुझाउनका लागि देवर्षि नारद आए । नारदलाई देखेर शुकदेवमुनिले वेदयुक्त विधिबाट अर्थ आदि निवेदन गरेर उनको पूजा गरे । त्यस समय नारदजीले प्रसन्न भएर भने- बतस् तिमि धर्मात्माहरूमा श्रेष्ठ हौ भन तिमिलाई कुन श्रेष्ठ बस्तुको प्राप्ति गराऊ । 

नारदको कुरा सुनेर शुकदेवले भने यस लोकमा जुन परम कल्याणको साधन हो त्यसैको उपदेश दिने कृपा गर्नुहोस् । 
नारदजीले भने - बतस् पूर्व कालको कुरा हो अन्तरणवाला ऋषिहरूले तत्वज्ञान प्राप्त गर्ने इच्छाले प्रश्न गरे, त्यसको उत्तरमा भगवान् सनदकुमारले यो उत्तर दिए । विद्याको समान कुनै नेत्र छैन । सत्यको समान कुनै तप छैन । रागको समान कुनै दुख छैन र त्याग सदृश्य कुनै सुख छैन । पाप कर्मबाट टाढा रहनु, सधैँ पुष्य कर्मको अनुष्ठान गर्नु, श्रेष्ठ पुरुषहरूको जस्तो बर्ताव र सदाचारको पालना गर्नु यही सर्वोत्तम श्रेय कल्याणको मार्ग हो । जहाँ सुखको नाम पनि छैन यस्तो यो मानव शरीरलाई पाएर जो विषयमा आशक्त हुन्छ, उ मोहलाई प्राप्त हुन्छ । विषयको संयोग दुख रूप नै हो अथवा दुखबाट छुटकारा दिलाउन सक्दैन । विषाक्त पुरुषको बुद्धि चञ्चल हुन्छ, मोह जाललाई बढाउने बाला हुन्छ । मोह जालमा बाँधिएको पुरुष यस लोक र परलोकमा दुख नै भोग्छ। जसलाई कल्याण प्राप्तिको इच्छा छ, उसले सबै उपायबाट काम र क्रोधलाई दबाउनु पर्छ । किनभने यी दुवै दोष कल्याणलाई नाश गर्न उद्धत रहन्छन् । मनुष्यलाई सधैँ तपलाई क्रोधबाट, लक्ष्मीलाई डाहाबाट, विद्यालाई मान अपमानसँग र आफूलाई प्रमादबाट बचाउनुपर्छ ।  

क्रूर, सद्भावको परित्याग सबैभन्दा ठुलो धर्म हो । क्षमा सबैभन्दा ठुलो बल हो । ज्ञान नै सबैभन्दा उत्कृष्ट ज्ञान हो र सत्य भन्दा ठुलो त अन्य केही छैन । सत्य बोल्नु सबैभन्दा श्रेष्ठ हो तर सत्य भन्दा पनि श्रेष्ठ हो हितकारक बचन बोल्नु । जसबाट प्राणीहरूको अत्यन्त हित हुन्छ त्यही मेरो बिचारमा सत्य हो । 

जो कार्य आरम्भ गर्ने सबै सङ्कल्पहरूलाई छोडिसकेको छ । जसको मनमा कुनै कामना छैन । जो कुनै बस्तुको सङ्ग्रह गर्दैन तथा जसले सबै कुरा त्याग गरेको छ, उही विद्वान हो र उही पण्डित हो । 

जो आफ्नो वशमा गरेको इन्द्रियद्वारा यहाँ अनासक्त भावबाट विषयहरूको अनुभव गर्दछ । जसको चित्त शान्त निर्विकार र एकाग्र छ तथा जो आत्मा स्वरूप प्रतीत हुनेवाला देह र इन्द्रिय छन् तिनीहरूसँग रहेर पनि उनीहरूसँग तुरुप नहुनु, अलग नै रहन्छ उ मुक्त हो । र उसले चाडै परम कल्याणको प्राप्ति गर्दछ । 

जसको कुनै प्राणीको तर्फ दृष्टि जाँदैन । जो कसैको स्पर्श र कसैसँग बातचित गर्दैन, उ परम कल्याणलाई प्राप्त हुन्छ । 

कुनै पनि प्राणीको हिंसा नगर्नु, सबै प्रति मित्र भाव राख्दै बाच्नु तथा यो मनुष्य जन्म पाएर कसैसँग वैरभाव नराख्नु । जो आत्मात्त्वको ज्ञाता तथा मनलाई वशमा राख्ने वाला छ । उसको लागि यही परम कल्याणको साधन बताइएको छ कि उसले कुनै बस्तुको सङ्ग्रह नगरोस् । सन्तोष राखोस् तथा कामना र चञ्चलतालाई त्याग गरोस् ।  

शुकदेव तिमि सङ्ग्रहको त्याग गरेर जितेन्द्रिय वन तथा त्यस पदको प्राप्ति गर । जो यस लोक र परलोकमा पनि निर्भय एवम् सर्वथा शोक रहित छ । जसले भोगहरूको परित्याग गरेका छन् उनीहरू कहिल्यै शोकमा पर्दैनन् । यसैले प्रत्येक मनुष्यले भोग आशक्तिको त्याग गर्नुपर्दछ । भोगको त्याग गर्नाले तिमि दुख र शन्ताव बाट छुटकारा पाउने छौ । 

जो अजित परमात्मालाई जित्ने इच्छा राख्छ उसलाई तपस्वी जितेन्द्रिय मननशील संयतचित र विषयमा अनासक्त रहनुपर्छ । जो ब्राह्मण त्रिणुणात्मक विषयमा आशक्त नभएर सधैँ एकान्त बास गर्छ उ चाडै सर्वोत्तम सुख रूप मोक्षलाई प्राप्ति गर्दछ । जो  मुनि मैथुनमा सुख मान्ने वाला प्राणीहरूको बिचमा रहेर पनि एक्लै बस्न आनन्द मान्दछ उसलाई विज्ञानबाट परितृप्त सम्झनुपर्छ । जो ज्ञानबाट तृप्त हुन्छ उ कहिले पनि शोक गर्दैन । क्रमशः...



नयाँ