arrow

तनहुँमा सवारी दुर्घटना : खड्गबहादुर लामाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
accident.jpg

पोखरा । तनहुँमा सवारी दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ । 

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. २ मालेबगरका वर्ष ६० का खड्गबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । 

शनिवार दिउँसो पृथ्वी राजमार्ग खण्डमा व्यास नगरपालिका वडा नं.१ सिमलटारमा सो दुर्घटना भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार डुम्रेबाट दमौली जाँदै गरेको ग१९प ८५६४ नं. को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ना.७.ख ६४०७ नं. को बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ