arrow

पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
Tenish.jpg

पोखरा । पोखरामा १८ औं माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा शुरु भएको छ । 

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले प्रतियोगिताको उद्घाटन गरे ।

कार्यक्रममा नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणाले कास्कीले टेनिसमा अभूतपूर्व सफलता हासिल गरेको बताए । १८ वर्षको लामो इतिहास बोकेको प्रतियोगिताको सफलताको कामना गर्दै उनले प्रतियोगिताको निरन्तरता नै यसको गौरव भएको उल्लेख गरे ।

पोखराले आइटीएफ, तथा विभिन्न राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरेर टेनिसबाट पनि पोखरालाई थप उचाइमा पुर्‍याएको बताए ।

राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण प्रतियोगिताहरूले यहाँको खेल पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले वीरेन्द्र लामालाई ६-१, ६-१ ले, प्रकाश वाग्लेले विकास बहादुर भट्टराईलाई ६-०, ६-२ ले, नवीन श्रेष्ठले दुर्गा सुनारलाई ६-०, ६-१ ले, डा.मदन थापाले केबी लामालाई ६-३, ६-४ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् । 

यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६-४, ६-० ले, सुकमान तामाङले एम.पी. गिरीलाई ६-१, ६-३ ले, धरमबहादुर लामिछानेले गोपा प्रसाद ज्ञवालीलाई ६-३, ६-२ ले, रोहित सुनुवारले सञ्जय झा लाई ६-२, ६-१ ले, उत्तम लामाले प्रदीप शाहलाई ६-३, २-६ र सुपरटाईमा १०-८ ले, विनोद कायस्थले विष्णु चापागाईँलाई ६-०, ६-० ले, शिव सेढाईले सुनिल श्रेष्ठलाई ६-१, ६-२ ले, विकास गुरुङले नारायण पहारीलाई ६-१, ६-० ले, हुम आलेले सुदर्शन विष्टलाई ६-२, ६–३ ले तथा विमल कुमार गुरुङले रामु विकलाई ६-१, ६-३ ले पराजित गर्दै पहिलो चरण पार गरे ।

महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २-६, ६-२ र ६-३ ले, सर्भानी श्रेष्ठले माहिका राणालाई ६-२, ६-४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७-६, ६-३ ले, सुभांङ्गि लक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६-३, ६-३ ले पराजित गर्दा मेन्स डबल्समा शक्ति सर्मा र गोविन्द नेपालीको जोडीले प्राञ्जल कायस्थ र नेहाल जङ्गबहादुर थापाको जोडीमाथि ६-३, ६-२ को नतिजा निकाले ।

यस्तै, ४५ वर्ष माथिको मेन्स डवल्समा शरण गुरुङ र लोक गुरुङको जोडीले मनोज बस्नेत र रामु विकको जोडीलाई ६-४, ६-० ले, विनोद कायस्थ र विकास गुरुङको जोडीले सञ्जय झा र उत्तम बोगटीको जोडीलाई ६-१, ६-२ ले, नवीन चालिसे र वीरेन्द्र लामाको जोडीले कृष्ण केसी र इन्द्र गुरुङको जोडीलाई ६-१, ६-२ ले पराजित गरे ।

५५ वर्ष माथिको एकलमा राजकुमार गुरुङले नरेन्द्र कुमार सिंहलाई ६-१, ६-१ ले, कृष्ण घलेले प्रदीप शाहलाई ६-२, ६-२ ले, उत्तम लामाले पदमबहादुर गुरुङलाई रिटायर्ड हर्टमा, मनोज राणाले अनिल तुलाचनलार्ई ६-३, ६-४ ले तथा ध्रुव घलेले राजेन्द्रसिंह भण्डारीलाई ७-६, ४-६ र सुपर टाईमा ११-९ ले पराजित गरे ।

५५ वर्ष माथिको मेन्स डबल्समा विदुर विष्ट र काजी गुरुङको जोडीले राजकुमार गुरुङ र पदम गुरुङको जोडीलाई रिटायर्ड हर्टमा, समीर शेरचन र अनिल तुलाचनको जोडीले ध्रुव घले र शहदेव ढुङ्गानाको जोडीलाई ६-१, ६-२ ले पराजित गर्दै दोस्रो चरणका लागि आफ्नो स्थान सुरक्षित पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ