arrow

गगन थापाको उद्घोष –चुनावसम्म १५ लाखलाई पार्टी प्रवेश गराउँछौँ  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
270493512_641227963747742_8774077442289363077_n.jpg

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनसम्ममा १५ लाख जनालाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै शुरु भएको समेत बताए ।

‘आज मात्र पाँच सय जना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउनुछ । त्यो पनि ७–८ महिनामा ।’

नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

आज नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई पार्टी प्रवेश गराएका हुन् । उनी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम हुन् । उनीसँगै पाँच सय जना कांग्रसमा प्रजेश गरेका हुन् । 

कांग्रेसको १४ औं महाधिवेशन सकिएपछि विभिन्न पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेको लहर बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ