arrow

विशेष अभियानमा ८ लाख ३८ हजार मतदाता  थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले संचालन गरिरहेको मतदाता नामावली दर्ताको विशेष अभियानमा सोमबारसम्म ८ लाख ३८ हजार मतदाता थपिएका छन् । आयोगले १० लाख मतदाता थपिने अनुमान गरेको थियो ।

स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियान सम्पन्न हुँदा ८ लाख ३८ हजार थपिएका हुन् ।

आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चल्नेछ । निर्वाचनको मिति घोषणा भएपछि भने दर्ता रोकिने छ । नामावली संकलन कार्यक्रम ७७ जिल्ला, जिल्ला प्रशासन कार्यालय र ४३ वटा इलाका प्रशासन कार्यालय निर्वाचन आयोगले सञ्चालन गरेको थियो ।

आयोगका अनुसार तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मंसिर १७ गते सुरु भई पुस २ गते पहिलो चरणको नामावली दर्ता सकिएको र दोस्रो चरणको शुरु भएको थियो  विशेष अभियान सकिए पनि ‘आउट  डिस्ट्रिक्ट रजिस्ट्रेसन’ जारी रहने तर ओडीआर जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुने आयोगको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ