arrow

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
megha-bank-moco.jpg

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । 

यो साझेदारीसँगै मेगा बैंकका खातावालाहरूले अब सीधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् । 

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन् । सीईओ खुञ्जेलीका अनुसार अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्ने छन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुसी व्यक्त गरिन् ।  

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्डस्ट्रि डेटा सेक्युरिटी स्टयाण्डर्डको नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप  सुरक्षित ब्याक इन्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख विश्व सिंहले जानकारी दिए ।  

उनका अनुसार मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले युनिफाइड क्यूआर पेमेन्टको समेत लाभ लिन सक्ने बैंकले जनाएको छ । यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले एली पे, नेपाल पे, युनियन पे, भीजा जस्ता विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत स्क्यान र पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् । 

मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड पोइन्टहरू प्राप्त गर्नेछन् । संकलन भएको रिवार्ड पोइन्टहरू पछि कोकोका सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडिम गर्नसमेत प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ । मोको एप प्ले स्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ