arrow

घरेलु मैदानमा मनाङको सतप्रतिशत जित, च्यासल निरीह, मछिन्द्रले फ्रेन्ड्सलाई हरायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
a-division-2022.jpg

काठमाडौं । च्यासल युथ क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दौ मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत घरेलु मैदानमा सतप्रतिशत जित निकालेको छ ।  

विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरेको खेलमा एडेलाजा सोमिडे र दिनेश राजवंशीले समान एक एक गोल गरे । जितसँगै पहिलो पटक पोखरा रंगशालालाई घरेलु मैदान बनाएर शीर्ष डिभिजन लिग खेलेको मनाङले तीन खेलमा तीनै जित हात पारेको छ। 

पहिलो पटक मोफसलमा लिग खेल्न पुगेको मनाङले पुलिसलाई ३–१ ले पराजित गर्दा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध १–० को जित निकालेको थियो । योसँगै मनाङको घरेलु मैदानका खेल सकिएका छन् । 

ओलावाले लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भए । यसअघि विदेशी खेलाडी मार्टिन्सले सातदोबाटोको लागि ह्याट्रिक गोल गरेका थिए । 

जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३औँ स्थानमा छ। 

आज नै भएको पहिलो खेलमा दशरथ रंगशालामा फ्रेन्ड्सलाई १–० ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब २० अंकसहित शीर्षस्थानमा रहेको छ । 

६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मच्छिन्द्रले अग्रता लिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ