arrow

पर्यटक भिसामा आएका विदेशी खेलाडी खेलाउँदै आएको एन्फाले महिला र पुरुषका प्रतियोगिता गर्‍यो स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
anfa-logo-final.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी शहीद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

अध्यागमन विभागले आजै एन्फालाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन आग्रह गरेको थियो ।

यो आग्रहसँगै एन्फाका क्लबहरू विदेशी खेलाडीबाट बढी आश्रित भएका कारण पनि समस्या उत्पन्न भएको छ । एन्फाले पर्यटन भिसामा आएका खेलाडीलाई निरन्तर खेलाउँदै आएको थियो । 

एन्फाको यो निर्णयबाट पहिलो पटक भइरहेको शहीद स्मारक महिला लिगमा असर पुगेको छ । प्रतियोगिता बुधबारदेखिमात्र शुरू भएको थियो । 

    विभागले श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीका आधारमा आजैदेखि छानबिन अगाडि बढाउने जनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ