arrow

ए डिभिजन लिगमा के भयो दोस्रो चरणसम्म ?  नयाँ तालिकासहित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
dasharath-stadium-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शहीद स्मारक लिग ए डिजिभन लिगको दोस्रो चरणका खेलहरु सकिएका छन् । पहिलो चरणमै साविक विजेता मछिन्द्र क्लब पराजित हुनु तथा नवप्रवेशी टिमहरु चर्च ब्याइज र खुमलटार क्लबले विजयी शुरुआत गर्दा लिगको रोमाञ्चकता बढेको थियो । 

दोस्रो चरणका खेलमासमेत त्यही रोमाञ्चकता, सरप्राइज र अप्रत्याशित नतिजाका कारण अझै कौतुहल बढाएको छ । पहिलो चरणको खेल सकिँदा पाँच टिमले सत्प्रतिशत नतिजा निकाल्दा पाँच टिम पराजित भएका थिए भने चार टिमले बराबरी खेलेका थिए । 

तर दोस्रो चरणमा आइसक्दासम्म तीन टिमले मात्र सत्प्रतिशत परिणाम निकालेका छन् । तीन टिमले अहिलेसम्म अंकको खातासमेत खोल्न सकेका छैनन् । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सत्प्रतिशत नतिजासहित ६ अंक बटुलेर क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

त्रिभुवन आर्मी क्लब, मनाङ् मर्स्याङ्दी क्बल र हिमालयन शेर्पा क्लब १ जित र १ बराबरीसहित ४ अंकबाट क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । सशस्त्र प्रहरीको एपीएफ र खुमलटार युथ क्लबले १–१ जित र १–१ हारबाट ३ अंकसहित सातौं र आठौं स्थानमा छन् । 

फ्रेन्ड्स क्लब, संकटा क्लब र थ्रीस्टार क्लब १–१ अंकसहित क्रमशः नवौं, दशौं र एघारौं स्थानमा छन् । न्यूरोड टिम, नेपाल पुलिस क्लब र मछिन्द्र क्लब अंकविहीन हुँदै पुछारमा छन् । 

दोस्रो चरणको खेल सकिँदा १४ खेलमा कुल ३३ गोल भएको छ । पहिलो चरणमा १५ गोल भएकोमा दोस्रो चरणमा १८ गोल भयो ।

दोस्रो चरणका सबै सात वटै खेलमा गोल भएको छ । दोस्रो चरणमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीचको खेलमा सर्वाधिक ६ गोल भयो ।

दोस्रो चरणसम्म दुई गोल गर्नेमा चर्च ब्वाइजका आशिष चौलागाई, खुमलटारका मेसुके ओलुमोउ, जावलाखेलका सिमान्त थापा र सातदोबाटोका दिपक राज सिंह ठकुरी रहेका छन् ।

यस्तै एक गोल गर्ने खेलाडीमा चर्च ब्वाइजका आशिष चौधरी, फ्रान्कलिन क्वेटेला, एरिक बिष्ट, आर्मीका दीपक गुरुङ, नवयुग श्रेष्ठ, फ्रेन्ड्सका कौशल फुयाल, एख्रोबेब उक्तमोभ, थ्री स्टारका योगेश गुरुङ, प्रदिप लम्साल, मार्टिन अजयी छन् ।

त्यस्तै सातदोबाटोका विलियम एसिडेउ, मनाङका सेदजामोल दाभ्लातजोनोभ, रोशन राना मगर, पुलिसका रबि पासवान, एपीएफका मणि कुमार लामा, अर्मान्ड बेडोम, हिमालयन शेर्पाका सुरेश कुमाल, अमृत श्रेष्ठ, एनआरटीका निकोलस सङ, सन्जिब विष्ट, जावलाखेलका हिसुब थपलिया, एनकोटो मोसाबी, फोडे फोफाना र मछिन्द्रका देवेन्द्र तामाङ रहेका छन् ।

थ्री स्टारका अनिल महर्जनले एक आत्मघाती गोल गरेका छन् ।

तेस्रो चरणका खेलहरु आजबाट शुरु भएका छन् । यस्तो छ नयाँ तालिका



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ