arrow

चर्च ब्वाइजलाई च्याम्पियन बनाएर सकियो लिग, एपीएफ र खुमलटार रेलिगेशनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
adivision-league-2023-trophy.jpg

काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको यो संस्करण सकिएको छ । १४ टोलीले सहभागीता जनाएको प्रतियोगितामा चर्च ब्वाइज क्लबले उपाधि जितेको छ । ४८ अंकसहित चर्चले उपाधि जितेको हो । चर्चले उपाधि जितेर इतिहास बनाएको छ । डेब्यु सहभागीतामै चर्चले उपाधि जितेको हो । यसअघि २०४३ सालमा डेब्यु सहभागीतामै मनाङ मस्र्याङ्दीले उपाधि जितेको थियो । त्यसपछि चर्चले रेकर्ड राखेको हो । 

साविक विजेता मछिन्द्र फुटबल क्लब ४५ अंकसहित दोस्रो भयो । नेपाल पुलिस क्लब ४१ अंकसहित तेस्रो रह्यो । जावलाखेल युथ क्लब ३७ अंकसहित चौथो स्थानमा रह्यो । पाँचौँ स्थानको सातदोबाटो युथ क्लबले ३५ अंक बटुल्यो । 

छैटौं स्थानको न्यूरोड टिमले ३४ अंक बटुल्यो । ३४ अंकसहित नै गोल अन्तरमा पछि पर्दै त्रिभुवन आर्मी क्लब सातौँ स्थानमा रह्यो । सर्वाधिक सफल टिम मनाङ भने यसपालि ३२ अंकसहित आठौँ स्थानमा रह्यो ।

त्यस्तै थ्रीस्टार क्लब ३२ अंकसहित नवौँ स्थानमा रह्यो । अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्रीस्टार रेलिगेशनबाट बचेको हो । यो खेलमा पराजित भएको भए थ्रीस्टार रेलिगेशनमा पर्ने थियो । 

३२ अंकबाट संकटा क्लब दशौँ स्थानमा रह्यो । हिमालयन शेर्पा क्लब ३१ अंकसहित एघारौँ, तथा ३० अंकबाट फ्रेन्ड्स क्लब बाह्रौँ स्थानमा रहँदै रेलिगेशनबाट बच्यो । 

३० अंककै सशस्त्र प्रहरीको एपीएफ र २७ अंकको खुमलटार फुटबल क्लब रेलिगेशनमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ