- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग संचालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बी डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।
एन्फाले बी डिभिजन लिगमा सहभागी क्लबहरुलाई लाइसेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।
एन्फाले शहीद स्मारक बी डिभिजनका केही खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा संचालन गर्ने जनाएको छ ।
एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता संचालन गर्ने जनाएको छ ।
एन्फाले पछिल्लो पटक २०२२ मा बी डिभिजन लिग गरेको थियो बने करिब अढाई वर्षपछि बी डिभिजन लिग गर्ने घोषणा गरेको छ ।