arrow

शहीद स्मारक लिगः पहिलो लेग सकियो, जावलाखेलको सनसनी कायमै, पुलिसको विजोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
anfa-martyrs-memorial-2080.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो लेगका खेल सकिएका छन् । दोहोरो प्रणालीअनुसार १४ टिम सहभागी प्रतियोगिताका १३ औँ चरणका खेल सकिएका हुन् ।

पहिलो लेग सकिँदा अहिलेसम्म नयाँ क्लबहरुले सनसनी मच्याइरहँदा दाबेदार क्लबहरु भने कमजोर देखिएका छन् । आन्तरिक रुपले पनि बलिया क्लबहरु कमजोर हुन थालेका छन् । 

जावलाखेल युथ क्लब २४ अंकसहित शीर्ष स्थानमा रहेको छ । पूर्व विजेता थ्रीस्टार क्लब २२ अंकसहित दोस्रो स्थानमा छ । सातदोबाटो युथ क्लब २२ अंकसहित नै तेस्रो स्थानमा छ । 

चर्च ब्वाइज युनाइटेड २१ अंकसहित चौथो स्थानमा रहँदा । त्रिभुवन आर्मी क्लब २० अंकबाट पाँचौं स्थानमा छ । 

एपीएफ क्लब १८ अंकसहित छैटौँ तथा मछिन्द्र क्लब १८ अंकसहित सातौँ स्थानमा छ । संकटा क्लब १६ अंकसहित आठौँ, न्यूरोड टिम १६ अंकबाटै नवौँ स्थानमा रहँदा सर्वाधिक सफल टिम मनाङ मस्र्याङ्दी १५ अंकसहित दशौँ स्थानमा छ । 

फ्रेन्ड्स क्लब १५ अंकसहित एघारौँ, हिमालयन शेर्पा १४ अंकसहित बाह्रौँ, खुमलटार क्लब १३ अंकसहित तेह्रौँ तथा नेपाल पुलिस क्लब १२ अंकसहित पुछारमा छ । 

दोस्रो लेगका खेलहरु आजबाट–
आजबाट दोस्रो लेगका खेलहरु शुरु हुँदैछन् । अर्थात् १४ औंँ चरणका खेलमा दिउँसो ३ बजे जावलाखेलले पुलिससँग एन्फा कम्प्लेक्सको मैदानमा तथा थ्रीस्टारले सोही समयमा खुमलटारसँग च्यासल मैदानमा खेल्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ