arrow

ए डिभिजन लिगका दशौं चरणका खेलहरु आजदेखि, यस्तो छ नवौं चरणसम्मको अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
anfa-logo-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौं चरणको खेल शुरु हुँदैछ । जसअनुसार आज दुई खेल हुनेछन् ।  

पहिलो खेलमा एफसी खुमलटार र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ ।

अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रने छन् ।  यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ । 

अंक तालिका
नवौं चरणको समाप्तिसम्म जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब समान १७ अंकसहित शीर्ष स्थानमा रहेका छन् । 

मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबको १५ अंक छ । ब्वाइज युनियन र थ्रीस्टार क्लबको १४ अंक छ । 

मछिन्द्र क्लबको १३ अंक छ । त्रिभुवन आर्मी क्लब १२ अंकसहित आठौं स्थानमा रहेको छ । एपीएफ फुटबल क्लब ११ र खुमलटार क्लब १० अंकसहित दशौं स्थानमा छ । 

हिमालयन शेर्पा क्लब ९ अंकसहित एघारौं स्थानमा रहेको छ । न्यूरोड टिम ७ अंकसहित बाह्रौं स्थानमा हुँदा पुछारका दुई क्लबहरु नेपाल पुलिस र फ्रेन्ड्स क्लबको समान ५ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ