arrow

एमाले कास्कीको अध्यक्षमा गुरुङ र वैरागी भिड्दै, दुवैले बनाए प्यानल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
Damodar & man bahadur.jpg

पोखरा । नेकपा एमाले कास्कीको नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत नै हुने भएको छ । 

सर्वसम्मतिबाट नेतृत्व चयन असफल भएपछि अन्ततः निर्वाचनबाटै नेतृत्व चयन हुने भएको हो । 

नेतृत्वका लागि वर्तमान कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र पार्टी सचिव दामोदर वैरागी बीच प्रतिस्पर्धा हुने भएको छ । 

दुवै नेताले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । साथै दुवै नेताको प्यानल पनि खडा भएका छन् । 

पार्टीको उपाध्यक्षमा तेजनारायण अधिकारी, प्रभा कोइरालाको उम्मेदवारी परेको छ ।

यसै गरी सचिवमा बैनबहादुर अधिकारी क्षेत्री, विष्णुबहादुर केसी, उपसचिवमा दर्शन लामा, नवराज ओझा, मनभुजा विक, सुनकुमारी भुजेल र इमानराज पौडेलले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदका उम्मेदवार मनबहादुर गुरुङको प्यानलबाट तेजनारायण अधिकारी, विष्णुबहादुर केसी इमानराज पौडेलले उम्मेदवारी दिएका हुन् ।

यसै गरी दामोदर वैरागीको प्यानलबाट प्रभा कोइराला, बैनबहादुर अधिकारी क्षेत्री, दर्शन लामा, नवराज ओझाले उम्मेदवारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ