arrow

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
Krishna Prasad Adhikari.jpg

लमजुङ । नेकपा एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन् । 

उम्मेदवारी मनोनयनका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन ।

अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । 

उपाध्यक्ष पदका लागि दुई जना, सचिव पदमा दुई जना र उपसचिवमा सात जनाको उम्मेदवारी परेको छ ।

पाँच जना पदाधिकारीमा एक जनामात्रै महिलाको उम्मेदवारी परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ