arrow

कास्कीका चार पत्रकार एमालेको चुनावी मैदानमा, दुर्गा निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
Patrakar.jpg

पोखरा । पोखरामा क्रियाशील चार जना पत्रकार नेकपा एमाले कास्कीको चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको १०औं जिल्ला अधिवेशनमा उनीहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्ला सदस्यको प्रतिस्पर्धामा अर्जुनसेन गिरी, रामजी प्रसाद लम्साल, शुष्मा पौडेल र एकराज गिरी छन् । अर्जुनले भूगोल, शुष्माले महिलाबाट,  रामजी र एकराजले खुला सदस्यमा उम्मेदवारी दिएका हुन् ।

यसैगरी बुद्धिजीवी विशेष इलाकाबाट अग्रज पत्रकार दुर्गा भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । पार्टीको अध्यक्ष पदमा मनबहादुर गुरुङ र दामोदर वैरागीले उम्मेदवारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ