arrow

एमाले तनहुँमा श्रीप्रसाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
Shree Prasad Shrestha.jpg

तनहुँ । नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । यसअघि उपाध्यक्ष रहेका श्रेष्ठ नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टीको उपाध्यक्षमा हरिराज कंडेल तथा सचिवमा राजेश्वर ढकाल विजयी भएका छन् ।

आइतबार राति भएको निर्वाचनको परिणामअनुसार उपाध्यक्षमा विजयी कँडेलले भीमाद नगरपालिकाका प्रमुख मेखबहदुर थापालाई पराजित गरे ।

निर्वाचन समितिका अनुसार विजयी कँडेलले ३६४ मत पाए । प्रत्यासी थापाले १६८ मत पाए । सचिवमा विजयी ढकालले ३२० मत पाएर जित्दा उनका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २१९ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ