पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार अगाडि पुग्दा घन्कियो नारा: ‘राजा आउ, देश बचाउ’
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
1.6k
Shares
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका हुन् । उनी मध्यान्ह १२ बजे शुभेच्छुकहरुसहित त्यहाँ पुगेका थिए ।
माल्यार्पणका लागि पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार अगाडि पुग्दा समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ भन्ने नारा लगाएका थिए । वि.स.२०६५ सालमा गणतन्त्र घोषणायता संभवत पहिलो पटक उनी पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न पुगेका हुन् ।