arrow
ADVERTISEMENT

एमाले कास्कीमा मनबहादुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Man Bahadur Gurung.jpg

पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनबाट यसअघि उपाध्यक्ष भएर कार्यबाहक अध्यक्षको पनि जिम्मेवारी सम्हालेका गुरुङ अध्यक्षमा विजयी भएका हुन् । उनी गण्डकी प्रदेशसभा सदस्य पनि हुन् ।

अध्यक्षमा विजयी गुरुङले ४५६ मत प्राप्त गरे । उनले प्रत्यासी दामोदर बैरागीलाई पराजित गरेका हुन् । यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी (४२१), सचिवमा बैनबहादुर अधिकारी क्षेत्री (४७५), उपसचिवमा  दर्शन लामा (५४०) र नवराज ओझा (४४३) मतका साथ विजयी भए ।

सर्वसम्मतको प्रयास विफल भएपछि गुरूङ र बैरागी आआफ्नो समूहसहित चुनावमा होमिएका थिए । 

एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मनबहादुर र संगठन विभाग प्रमुख खगराज अधिकारीले दामोदरलाई समर्थन गरेका थिए ।

निर्वाचनमा मनबहादुर समूहबाट उपाध्यक्ष अधिकारी विजयी भए भने सचिव तथा उपसचिवहरु दामोदर समूहका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ