arrow

शहीद स्मारक लिगमा कोरोना छिर्‍यो, खेलाडीहरु संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
a-division-manang-police-pokhara.jpg
तस्बिर– फाइल

काठमाडौं । शहीद स्मारक ए डिभिजन क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । गत साता पोखरामा मनाङ मर्स्याङ्दी क्लबसँग खेलेर काठमाडौं फर्किएका दुई खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षक आशिख थापा मगरले जानकारी गराए ।

उनका अनुसार गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो । गत हप्ता पोखरा रंगशालामा च्यासल ५–० ले पराजित भएको थियो । त्यसपछि काठमाडौं आएसंगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले जानकारी गराए । 

दुवै जना टोलीका नियमित खेलाडीसमेत हुन् । अब नवौं चरणमा च्यासलले पुलिससँग खेल्दै छ । यता, जावलाखेल युथ क्लबले समेत खेलाडी बिरामी हुँदा बिहीवारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो । 

मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ