arrow

चिनियाँ सामाजिक सञ्जालमा 'नेपाल कब्जा गरेको' भन्दै छ्याप-छ्याप्ती झुटा समाचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
misleading-information-about-nepal.jpg

काठमाडौं । चिनियाँ आफ्नै सामाजिक सञ्जाल उइबो (weibo.com)मा नेपालबारे निकै खेदजनक सुचना प्रशारण भइरहेको पाइएको छ । उइबोमा गरिएको पोस्टमा सन् १७९२ मा व्यापारलाई लिएर भएको सीनो गुर्खा युद्धलाई चिनियाँ चिङ राजवंशको आक्रमण भन्दै उल्लेख गरिएको छ ।

नेपाल  कहिल्यै पनि कसैको आक्रमणको निहीतमा नपरेको कुरा विश्वलाई नै थाहा छ । यद्यपि, चिनियाँ सामाजिक सञ्जालमा भने नेपाल चिङ राजवंशको शरणमा परेको भन्ने किसिमको खेदजनक सुचनाहरु प्रशरण गर्ने गरेको पाइएको हो ।

उक्त अफवाह जनक पोस्टमा त्यतिबेला नेपालमा कुन राजवंश थियो भनेरसमेत उल्लेख गरिएको छैन । त्यतिबेलाको युद्धको नेतृत्व योद्धा राजकुमार बहादुर शाहले गरेका थिए भने राजगद्दीमा रणबहादुर शाह थिए ।

यस्तै उक्त पोस्टमा सीनो गोर्खा युद्धलाई समेत गलत ढंगले प्रस्तुत गरिएको छ । यो युद्ध वास्तवमा नेपाली पक्षले तिब्बती बेइमान शासकहरू विरुद्ध सुरु गरेको थियो ।

जसले दुई देशबीच हुने गरेको व्यापारमा गुणस्तरीय सिक्का प्रयोग नगर्ने गलत रणनीति चालेका थिए । चीनमा तिब्बतको कब्जा गरेको दमनकारी चिङ राजवंशविरुद्ध नेपालले लडाँइ सुरु गरेको थियो ।

तर, यस बिषयमा उक्त चिनियाँ सामाजिक सञ्जालमा रहेको खेदजनक पोस्टमा लेखिएको छ, 'तिब्बत विजय गरेको पछि चिङ राजवंशले हिमालय श्रृखला पार गर्यो र गोरखाको राजधानी याङ्बु (अहिलेको काठमाडौं) सहरमा पुगे, निराश भएको गोर्खा राजाले चिङ वंशलाई समर्पण गर्न र प्रत्येक पाँच वर्षमा सम्मान दिने आफ्नो इच्छा व्यक्त गर्याे ।'

सुरुमा जगनम जियानिंग (Jiangnan Ziyunying) नामक व्यक्तिले गरेको उक्त पोस्ट अहिले उइबो र अन्य चिनियाँ सामाजिक सञ्जाल भरी चर्चामा रहेको बताइएको छ ।

वास्तवमा कुनै पनि नेपाली राजाले आफुलाई चिनियाँ राजवंशको शरणमा पारेका थिएनन्, र न कुनै चिनियाँ राजा काठमाडौं पुगेको थियो ।

यद्यपि, सन् १७९२ मा दुवै देशबीच एक सन्धि भएको थियो जसअनुसार नेपाल तिब्बती मामिलामा हस्तक्षेप नगर्न तयार भएको थियो र चिनियाँ पक्षले व्यापारका लागि तिब्बतमा सहज र खुला आवतजावत गर्न दिने भएको थियो ।

सन्धिको सद्भावमा नेपाल र चीनले एकअर्कालाई बहुमूल्य उपहार दिँदै सम्मान गर्ने गरेका थिए ।

तर, यो कुरालाई समेत तोडमोड गर्दै तस्बिरमा देखिने कलाकृति नेपालमा चिङ वंशको शासन स्वीकार गरेको संकेतस्वरुप नेपालीले उपहार दिएको भनिएको छ।

चीनले यसरी आफ्ना नागरिकहरु माझ नेपालविरुद्ध झुटा अफवाहहरु फैलाउन गरेको देखिएको छ । चीनमा रहेका हरेक सञ्चारमाध्यम एवं इन्टरनेटका सञ्जालहरु पूर्णरुपमा सरकारको नियन्त्रणमा हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ