arrow

चिनियाँ सीमा नाका प्रमुखसँग पूर्वाधार बनाउन र खोल्न पहल गर्ने सहमति गरे मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुखले  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
nepal-china-border-81-4-26.jpg

मुगु । नेपालसँग सीमानाका जोडिएका चिनियाँ स्थानीय प्रमुखसँग नेपालका प्रमुखले छलफल गरेका छन् । चीनको ह्यजिमारमा चलिरहेको हाटबजारमा मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख र चीनका नाका हेर्ने प्रमुखबीच भेटवार्ता भएको हो ।

शनिबार मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा र मुगु, डोल्पा, हुम्ला हेर्ने चिनियाँ अधिकारी शुचीबीच वान टु वान भेटवार्ता भएको टोलीमा सहभागी मुगम कार्मारोङ्ग गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत सोबेन्द्रबहादुर मल्लले जानकारी गराए । 

सूचना अधिकृत मल्लका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकाले सीमासम्म दुवै देशले सडक पुर्याइ यहाँ आवश्यक रहेका पुर्वाधार बनाइ दुवै देशका जनतालाई सहज बनाउन स्थायी रुपमै नाका खोल्न नेपाल सरकारसँग पहल र शुचीले पनि चिनियाँ सरकारसँग पहल गर्नु पर्ने  प्रस्ताव गरेका थिए । 

सीमा नाका हेर्ने स्थानीय चिनियाँ अधिकारी शुचीले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै आफूले पनि नेपालसँको १३ नं पिलर रहेको  चिनियाँ नाकासहित अन्य नाका स्थायी रुपमै  खोल्न र सडकलगायत अन्य पूर्वाधार बनाउन पहल गर्ने प्रतिबद्धता गरेको पनि सूचना प्रविधि अधिकृत मल्लले जानकारी गराए । 

मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा सहितको नेपालको टोली शनिबार चीनको ह्यजिमार पुग्दा चिनियाँ सीमा अधिकारी शुची सहितको टोलीले टसि खातासहित चिनियाँ परम्पराअनुसार स्वागत गरेका थिए ।

कोरोना समयदेखि ५ वर्ष बन्द रहेका नेपाल चीनका ८ परम्परागत नाका यो वर्ष चीनले १५ दिनका लागि खोलिदिएको छ । १५ दिनको यो अवधिमा चीनले सीमा नाकामा हाट बजार लगाएको छ । हाट बजार साउन १७ गतेबाट शुरु  भै ३१ गतेसम्म चल्नेछ ।

चीनको भूभाग ह्यजिमारसम्म समथल रहेकाले सवारी साधनहरु नाकासम्मै आउने गर्दछन् तर मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्नासम्म रहेको ८७ किलोमिटर सडक दूरीमध्ये १७ किलोमिटरमात्र ट्याक खोलिए पनि बाँकी दूरी पैदलै पार गर्नु पर्ने अवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ