arrow

उनी स्कुल जान्निन् !

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०७८ माघ २२ शनिबार
shiva-prasad-pokharel-literature.jpg

अबोध सानी नानी भर्खर स्कुल पढ्न जान्छिन् । साथीभाइसँग रमाउँछिन् । एक दिन उनको जन्मदिन मनाउन भनेर साथीहरुले विभिन्न उपहार दिन्छन् । उनी धेरै खुशी हुँदै घरमा फर्कन्छिन् । आमा बाबा पनि खुशी नै हुन्छन् । 

कुनै दिन साथीको पनि जन्मदिन भन्छन् । उनी साथीको लागि केही उपहार दिने सोच बनाउँछिन् । साथीलाई केही उपहार किनिदिनका लागि बाबा आमालाई भन्छिन् । 

आमाले धेरै कराउँदै भन्छिन् ‘हामीसँग केही किन्ने पैसा छैन ।’ दैनिकी चलाउन नै समस्या छ भनेर छोरीलाई सम्झाउँछिन् । बच्चाले कसरी पत्याउने उनको साथीको अवस्था आफ्नो भन्दा फरक छ भनेर !

छोरी त्यस दिन राम्रोसँग निदाउन सक्दिनन् । साथीलाई केही न केही नयाँ उपहार दिने उनको सोचाइमा परिवर्तन आउँदैन । भोलि बिहान सबैरै उठ्छिन् र कोठाबाट निस्किएर नजिकै चिनेको पसलमा जान्छिन् ।

अंकल नयाँ पेन्सिल र कटर अनि एउटा कापी दिनुस भनेर माग्छिन् ।  

आमाले पैसा दिनुहुन्छ भन्दै सामान लिएर दिउँसो साथीको जन्मदिनमा उनले पनि उपहार दिन पाउँदा खुशी हुन्छिन् । 

रमाउँदै कोठामा फर्कन्छिन् । बेलुका आमा आए पश्चात् निन्याउरो हुन्छिन् । तर केही बोल्दिनन् !
 
२–३ दिन बिते पश्चात आमालाई पसलेले सोध्छन् छोरीले लगेको सामानको पैसा कहिले दिनुहुन्छ ? 

अनि आमा नाजवाफ हुँदै छोरीसँग सोधेर दिन्छु भन्दै कोठामा फर्किएर सामानको बारेमा सोधखोज गर्छिन् ।

छोरीलाई पिट्दै पसलसम्म तानेर लान्छिन् । 

छोरी रुँदै हात जोड्दै ममी मलाई नपिट्नुस भन्छिन् । 

तर आमा उनलाई लछारी रहन्छिन् । 

पसले भन्छन् छोरीलाई नपिट्नुस् बरु म पैसा लिन्न । 

त्यस दिनबाट उनी स्कुल जान मान्दिनन् !

उनी स्कुल जान्निन् ।

झण्डै २० प्रतिशत हाराहारी नेपालीहरु मजदूरी गरेर परिवार पाल्नु पर्ने अवस्था रहेको छ । 

परिवारका बुझ्ने सदस्यले त भाग्यलाई धिक्कार्दै बुझ्ने कोसिस गर्लान् तर अबोध बाबु–नानीले बुझ्न सक्दैनन् । 

दिनानुदिन बढ्दै गएको गरिवीले गर्दा हाम्रो समाज वरिपरि रहेका यी र यस्तै अबोध नानी–बाबुलाई ठूलो पीडा थप्दै लानेछ । 

मूर्खहरुले राज्य चलाइरहे दैनिक ज्याला मजदूरी गर्ने स्थानहरु पनि हराउँदै जानेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ