arrow

मछिन्द्रलाई च्याम्पियन बनाउँदै ए डिभिजन लिग आज सकिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
a-division-manang-police-pokhara.jpg
तस्बिर– फाइल

काठमाडौं । शहीद स्मारक ‘ए‘ डिभिजन लिग २०७८ को अन्तिम दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मैदान उत्रदा मनाङ मर्स्याङ्दी क्लब दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

लिगको अन्तिम दिन शनिबार तीन खेलहरु हुँदैछन् । दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सात पटकको च्याम्पियन मनाङले आर्मीको सामना गर्दैछ । सोही समयमा सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने अर्को खेलमा न्युरोड टिम (एनआरटी) नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रनेछ ।

दिनको तेस्रो खेलमा ४ः४५ बजे एपिएफ फुटबल क्लबले लिग च्याम्पियन मछिन्द्र फुटलब क्लबलाई चुनौती प्रस्तुत गर्दैछ । लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुई खेल अगावै उपाधि रक्षा गरेको थियो ।

लिगका पुछारमा रहेका च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) यसपालि शीर्ष डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा हुने टोली बने ।
तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले १२ खेलबाट ३२ अंक जोडेको छ । 

लिगमा मछिन्द्र हालसम्म अपराजित छ । दोस्रो स्थानमा रहेको आर्मीले २२, चौथो स्थानको एनआरटीले २०, पाँचौं स्थानको मनाङले २०, आठौं स्थानमा रहेको एपिएफले १५ र ११औं स्थानको पुलिसले १२ अंक जोडेका छन् ।

मंसिर ३  गतेदेखि शुरु भएको लिगका खेलहरु दशरथबाहेक एन्फा मुख्यालय र पोखरा रंगशाला गरी तीन मैदानमा भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ