arrow

ए डिभिजन लिग सकियो, आर्मी उपविजेता र एनआरटी तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
manang-army-2078.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ । आज भएका अन्तिम खेलको नतिजापछि त्रिभुवन आर्मी क्लब दोस्रो तथा न्यूरोड टिम एनआरटी तेस्रो भएको छ । मछिन्द्र क्लबले यसअघि नै उपाधि जितेको थियो । 

आफ्नो अन्तिम लिग खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान हासिल गर्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा शुरुआती अग्रता भने मनाङले लिएको थियो । 

खेलको ४५ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो ।

आर्मीले १३ खेलमा २३ अंक जोडेर उपविजेता भएको हो । 

न्युरोड टिम एनआरटीसँग अंक बराबरी भएपनि हेड टु हेडमा आर्मी अघि रहेको हो । सात पटकको च्याम्पियन मनाङले १३ खेलमा २१ अंक जोड्दै पाँचौं स्थानमा रह्यो । 

यता नेपाल पुलिस क्लबलाई अन्तिम खेलमा शनिबार ३–१ ले हराउँदै न्यूरोड टिम एनआरटी तेस्रो भयो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलको अग्रता उल्टाएर एनआरटीले जित निकालेको हो । एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे ।

खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको हो ।

एनआरटीले १३ खेलमा २३ अंक जोड्यो । तर आर्मीसँग अंक बराबर भएपछि हेड टु हेडमा एनआरटी पछि परेको हो ।

पुलिस १२ अंकसहित ११ औं स्थानमा रह्यो । 

यसपालिको लिगबाट पुछारमा रहँदै च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेका छन् । पहिलो पटक ए डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लब चौथो भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ