arrow

पाकिस्तानमा तीन दिने शोक, आइएसको आत्मघाती आक्रमणमा ७० बढीको मृत्यु

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
is.jpg.jpeg
इस्लामावाद । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा आतंकवादी समूह इस्लामिक स्टेट आइएसले गराएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७० पुगेको छ । 
 
उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो । 
ISIS have claimed responsibility for the blast, which struck at the gates of the building housing the emergency ward on the hospital grounds
 
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकील बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान मारिएपछि शोक प्रकट गर्न जम्मा भएका वकील तथा समाचार संकलनका लागि पुगेका कैयौं पत्रकारहरू घाइते भएका छन् । 
Sanaullah Zehri, the chief minister in the Baluchistan province, said it seemed to be a suicide attack, but police were still investigating
 
स्थानीय उर्दू च्यानल एरी न्युजले मृतक ५६ जनामध्ये २५ जना वकील र दुई जना पत्रकार रहेको बताइएको छ । 
 
A Pakistani news channel reported that one of its cameramen was also killed in the blast
घटनामा १२० बढी घाइते भएका छन् । उनीहरुमध्ये आधाबढीको अवस्था गम्भीर भएको बताइएको छ । 
 
 
Prime Minister Nawaz Sharif strongly condemned the blast in Quetta and expressed his 'deep grief and anguish over the loss of precious human lives' in the attack, in which several senior lawyers were also killedPeople carry dead bodies of victims in a bomb blast in Quetta, Pakistan
घटनापछि घाइते सबैलाई प्रभावकारी उपचार सेवा पु¥याउन भनी उक्त क्षेत्रका सम्पूर्ण अस्पतालमा सङ्कटकाल घोषणा गरिएको छ । 
 
A powerful blast has killed at least 70 people in the southwester Pakistani city of Quetta as mourners were targeted by a suicide bomber
 
सुरक्षाकर्मीकोसमूहले घटनामा करिब १० किलोग्राम विस्फोटक पदार्थ पडकाइएको हुनसक्ने बताएका छन् । 
 
The attack took place shortly after the body of a prominent lawyer, who was shot dead just hours beforehand, was brought to the hospital, said senior police official Zahoor Ahmed Afridi
 
 
प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोक मनाउने घोषणा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ